
तिलोत्तमा, पौष २८ गते २०८०। ग्रामिण क्षेत्रमा वित्तिय सेवा प्रदान गर्ने उदेश्य सहित बि स २०२३ सालमा स्थापना भएको तिलोत्तमा-१५ कोटिहवामा सञ्चालनमा रहेको जनविकास कृषि सहकारी सस्थाको ४० औँ साधारण सभा सम्पन्न भएको छ ।साधारण सभा सहकारीका अध्यक्ष हरिलाल पाण्डेको अध्यक्षता एवं तिलोत्तमा नगरप्रमुख रामकृष्ण खाणको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख खाणले कृषि सहकारीहरुले व्यवसायिक तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने वताउनुभयो ।जनविकास कृषि सहकारी तत्कालिन अवस्थामा ग्रामीण क्षेत्रमा रहेर धेरै उल्लेखनिय कामहरु गरेकाले नागरिकको जिवनस्तर उकास्ने खालका कार्यक्रमहरु ल्याउनुपर्ने, उत्पादनमूलक क्षेत्रमा लगानी गरी शेयर सदस्यहरुलाई व्यवसायिक रुपमा अघि वढ्न प्रोत्साहन गर्नुपर्ने वताउनुभयो ।
सो अवसरमा बोल्दै बिशिष्ठ अतिथि नगर उपप्रमुख जगेश्वर देवी चौधरीले सहकारीले नागरिकमा बचत गर्नेको वानिको विकास गरेको भन्दै उहाँले कृषि ऋण प्रवाह गर्दा व्यवसाय उन्मुख कृषि क्षेत्रलाई प्राथामिकतामा राख्न सुझाव दिनुभयो ।सहकारीका अध्यक्ष हरिलाल पाण्डेले कार्यक्रमको सहजिकरणसँगै सस्थाको बार्षिक प्रगति प्रतिवेदन र भावी कार्यक्रमवारे जानकारी गराउनुभएको थियो भने उमाशंकर सिंह खड्काले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । स्थानिय किसान बुद्धिजीवीहरुको पहलमा सुरु भएको जनविकास कृषि सहकारीमा हाल १ हजार ३ सय ३ शेयर सदस्य रहेका छन् । आर्थिक वर्ष २०७९/८० मा सहकारीले १ करोड ३६ लाख ४३ हजार ८ सय ७३ रुपैया वरावरको कारोवार गरेको जनाएको छ । कार्यक्रममा नगर प्रमुख रामकृष्ण खाण, उप प्रमुख जगेश्वर देवी चौधरी,कृष्ण प्रसाद शर्मा बस्याल, वडा अध्यक्ष झविलाल भुसाल, वडा नम्बर ११ का अध्यक्ष बिष्णु बराल, नेकपा मावोबादिका लक्ष्मण खनाल, जिबनलाल बस्याल, पुर्व जिल्ला सहकारी संघ का अध्यक्ष भुमिश्वर पन्थी, पन्चकन्या ग्रुपका देवेन्द्र श्रेष्ठ कृषि सहकारी सञ्चालक समितिका पदाधिकारी, शेयर सदस्यहरु लगायतको उपस्थिती रहेको थियो ।
संस्थाका उपाध्यक्ष बेद गिरिको स्वागतमा शुरु भएको कार्यक्रमको संचालन सचिव सत्यब्रत ज्ञवालीले गरेका गर्नुभएको थियो।
कमेन्ट गर्नुहोस्