लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा नगरपालिका जानेबाटो मणिग्राममा फ्रेन्डशिप होटल एण्ड रेस्टुरेन्ट शुभारम्भ

IMG

तिलोत्तमा, पौष २६ गते २०८०।  तिलोत्तमा नगरपालिका जाने बाटोमै अत्याधुनिक सेवासुविधा सहित नयाँ रेस्टुरेन्ट रेस्टुरेन्ट एण्ड बार संचालनमा आएको छ ।रेस्टुरेन्टको आज तिलोत्तमा नगरपालिका रुपन्देहीका नगर प्रमुख रामकृष्ण खाण, जागेश्वर देवी चौधरीले संयुक्त रुपमा रिबन काट्दै कलाश्दिप प्रज्ज्वलन गर्दै उद्घाटन गर्नुभयो। नगरपालिकाका नगर प्रमुख तथा उपप्रमुख संगै वडा नम्बर ५ का अध्यक्ष रमेश डुम्रे, वडा नम्बर ६ का अध्यक्ष गणेश पाठक, वडा नम्बर ७ का अध्यक्ष देवीलाल पंगेनी, वडा नम्बर ७का सदस्य गणेश भण्डारी लगाएतको उपस्थितिमा केक काटेर शुभारम्भ गरियो ।


बिदेशमा आर्जन गरेको सिप र पैसा लाई स्वदेशमै केहि गर्छु भनें साहसले सुरु गरिएको सो रेष्टुरेन्टमा नास्ता तथा खाजाका विभिन्न स्वादिष्ट परिकारहरुको आनन्द लिन सकिने खानाहरुलाई गुणस्तरीय बनाउने र नयाँ नयाँ नेपाली स्वादहरु पस्कने तथा बातानुकुलित बाताबरणमा आरामदायी बसोबासको लागि समेत लक्जरियस रुमको व्यवस्था रहेको संचालक दिपक पाण्डेले बताउनुभयो । हामीले रेस्टुरेन्टमा स्वास्थ्य मापदण्डमा रही परम्परागत नेपाली शैलीमा अतिथिको सत्कार गर्दै समयानुसारको प्राविधिक सेवा अर्थात अनलाईन अर्डर र होम डेलीभरीको व्यवस्था, स्वस्थ्य र स्वादिलो परिकार पस्किने लक्ष्यसहित  आरामदायी बसोबास, क्याफे , रेस्टुरेन्ट व्यवस्था र सफत एण्ड हार्ड ड्रिङ्कस् बारको पनि व्यवस्था पनि रहेको उहाँले जानकारी दिनुभयो ।


ग्राहकको सेवासुविधालाई मध्यनजर गर्दै पाहुनाको इच्छा अनुसारको खानाको व्यवस्था पनि गरिएको उहाँले बताउनुभयो । आत्मनिर्भरताको खाँचो र अरु विदेशिने युवालाई केही संदेश मिलोस भनेर रेस्टुरेन्ट व्यवसायमा हात हालेको पनि संचालक पाण्डेको भनाई छ । नेपाल जस्तो विकासोन्मुख देशमा अहिलेको समयमा होटल लाईनमा भरपुर सम्भावना छ’ उहाँले भन्नुभयो‘तर यसका लागि पनि सहि ठाउँको पहिचान गर्न सक्नुपर्छ र समय रहँदै विवेकका साथ अगाडि बढेपछि सफल अवस्य भईन्छ, उहाले आशा जगाउदै भन्नु भयो। मेहनत र परिश्रम गरे सानो लगानीमा स्वदेशमै पनि राम्रा अवसरहरु रहेको रोजगारका लागि विदेशिने युवालाई उहाँको सुझाव छ।रेस्टुरेन्टमा लोकल कुखुरा, कालिज, माछा, चिकेन आइटम, हाँसको छोइला, कफी सपले ग्राहकको मन जित्नेमा उहाँ ढुक्क हुनुहुन्छ। 



कमेन्ट गर्नुहोस्