लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देही व्यापार संघको नयाँ नेतृत्वका लागि चुनावी प्रक्रिया सुरु

tillotmacitynews - 2024 Jan 11 08:07 PM
IMG

तिलोत्तमा सिटी ,२०८० पुष २६ गते । रुपन्देही व्यापार संघको २२ औं वार्षिक साधारण सभा तथा १२ औं अधिवेशन माघ ५ गते हुने भएको छ  । अधिवेशनको तयारी स्वरुप विभिन्न उपसमितिहरु गठन गरि काम अगाडि बढाएको संघले जनाएको छ । संघको अधिवेशनले आगामी २ वर्षका लागि नयाँ नेतृत्व समेत चयन गर्ने भएकाले संघमा चुनावी तयारी पनि अगाडि बढेको संघका महासचिव दयानिधि भण्डारीले जानकारी दिए । कानुनी सल्लाहाकार लेखनाथ ढकाल प्रमुख निर्वाचन अधिकृत, प्रेस सल्लाहाकार सुमन अधिकारी र प्रेस चौतारीका जिल्ला अध्यक्ष लक्ष्मण पौडेल आयुक्त रहेको निर्वाचन समिति गठन गरिएको उनले जानकारी दिए । निर्वाचन समितिले नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्य तालिका तय गरि निर्वाचन कार्यक्रम अगाडि बढाएको प्रमुख निर्वाचन अधिकृत लेखनाथ ढकालले बताए ।


निर्वाचन कार्यक्रम अनुसार मंगलवार र बुधवार मतदाता नामावली प्रकाशन गरि दावी विरोध तथा अन्तिम नामावली प्रकाशनको काम सकिएको छ । त्यसैगरि माघ २ गते उम्मेदवारी दर्ता, ३ गते उम्मेदवारीमाथि दावी विरोध तथा मनोनय फिर्ता र ४ गते अन्तिम नामावली प्रकाशन तालिका तय गरिएको छ । संघमा कुल मतदाता संख्या १ हजार १९६ रहेका छन् । निर्वाचनबाट अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सचिव, सहकोषाध्यक्ष, सहसचिव र सदस्य २१ जना निर्वाचित हुने छन् । निर्वाचन कार्यक्रम घोषणा भएसंगै नयाँ नेतृत्वका लागि व्यवसायीहरुबीच चुनावी सरगर्मी बढेको छ ।

कमेन्ट गर्नुहोस्