
तिलोत्तमा, पौष २५ गते २०८०।सवारी चालक अनुमति पत्र वितरणमा अनियमितता र लापरबाही भएको भन्दै नमस्ते नेपालले यातायात व्यवस्था कार्यालयमा ज्ञापन पत्र बुझाएको छ ।केन्द्रीय समितिको टोलिले आज रुपन्देहि यातायात व्यवस्था कार्यालयमा पत्र बुझाएका हुो । साथै सवारी चालकअनुमति पत्र वितरणमा अनियमितता, लापरबाही र ढिलासुस्तीका कारण सेवाग्राही मर्कामा परेको भन्दै उनीहरुले कार्यालयमै पुगेर नि. कार्यलय प्रमुख सुमन पौडेल उपस्थित नभएकोले कार्यबाहक प्रमुख मोहन पौडेललाइ ध्यानाकर्षण पत्र बुझाएका छन् । साथै सस्थाका संथापक एवम् संरक्षक अर्जुन खरेलले ढुंगे युगको अनलाइन फारमः भर्नेलाई भन्दा हेर्नेलाई शरम’ साथै ड्राइभिङ्ग इन्स्िटच्युटको मिलेमतोमा निश्चित रकम बुझाई लाइसन किन्ने पास गराउने खालको प्रविधि बडिरहेको र यस्ता खालका गतिविधि रोक्नु पर्ने भन्दै आफ्नो धारणा राखेका थिए ।
संस्थाका अध्यक्ष मनिष भुषालले आजभन्दा पाचवर्ष अगाडि यसैगारि हामिले यातायात मन्त्रालयमा पुगेर पत्र बुझाएको तर त्यसपछि अनियमिता झन बढेको र त्यो पत्रले केहि काम नभएकोले पुन: ज्ञापनपत्र बुझाउन आउनु परेको बताए । संस्थाका केन्दिय सदस्य मधुसुदन नेपाल (बिपिन) ले यातायात कार्यलयले बनाउने स्मार्ट लाईसेन्स कुनै पनि किसिमले सेवाग्राहिको अनुहार चिन्न नसकिने र कार्यलयमा भएको तेस्रो व्यतिबाट विभिन्न तरिकाले रकम लिई रसिद काट्ने प्रविधि बढिरहेको बताएका थिए। अन्तिममा बोल्दै संस्थाका उपाध्यक्ष सुशिल सुवेदिले यस्ता खाल्का गतिविधि अब पुन नदोहोरिउन भनेर ज्ञापन पत्र बुझाएका छौ र पुन यस्ता खालका गतिविधिहरु देखिएमा कडा रुपले प्रस्तुत हुने तथा आवश्यक परेमा प्रमाण सहित पुन: आउने भने चेतावनी दिए ।
यातायात कार्यालयमा बिचौलियामार्फत हुने सास्ती कम गर्न, समयमै सवारी चालक अनुमति पत्र दिने व्यवस्था गर्न र अनुमति पत्र नवीकरणमा हुने गरेको ढिलासुस्ती अन्त्य गर्न माग राखि ध्यानाकर्षण पत्र संस्थाका सचिव सन्दिप पौडेलले पढि पत्र बुझाएका थिए ।ध्यानाकर्षण पत्र निम्नअनुसार रहेको छ।
कमेन्ट गर्नुहोस्