
तिलोत्तमा, पुष १४ गते।पश्चिमाञ्चल टैङ्कर व्यवसायी संघकाे १६ औ वार्षिक साधारणसभा तिलोत्तमा-६ स्थित कुन्जपार्कमा सम्पन्न भएकाे छ । संघका अध्यक्ष राकेस कुमार कसौधनको सभापतित्व तथा नेपाल आयल निगमकि प्रमुख कमला न्यौपानेको प्रमुख अतिथ्यतामा उक्त साधारण सभा सम्पन्न भएकाे हाे । संघका अध्यक्ष राकेस कुमार कसौधनले सरकारले जारी गर्न लागेको परिमार्जित बटम लोडिङ्गले टैङ्कर व्यवसायमा असर पुग्ने हुँदा सहजीकरणका लागि सरकारलाई आग्रह गरेका छन् ।
उनले पेट्रोल ढुवानीमा आयल निगम, टैङ्कर व्यवसायी र पेट्रोलियम डिलर्सहरु मिलेर अघि बढ्नु पर्ने बताउदै भारत आयल निगम र नेपाल आयल निगम बीच सहज आपूर्तिका लागि सहजीकरण गर्न सकेमात्र व्यवसायी मैत्री व्यवसाय बन्ने बताए । विभिन्न असहजताका कारण व्यवसायी पलायन हुँदै जान सक्ने हुँदा यथासक्य सरकारले सहज कदम चालिनुपर्ने माग उनले राखे।
सो अवसरमा बोल्दै नेपाल आयल निगमकि प्रादेशिक प्रमुख कमला न्यौपानेले बटम लोडिङ्गबाटै ईन्धन आपूर्तिमा सरकारले व्यवसायीको हितमा काम गर्ने गरि अगाडी बढेको भन्दै दुई देश बिचको आयल सम्झौतासंगै नोक्सानी न्यूनीकरणका लागि व्यवसायीको मागप्रति सरकार गम्भीर रहेको र थालिएको अर्थतन्त्रलाई उकास्न विशेष पहल गर्ने प्रतिवद्धता जनाएकी थिईन।सहज आपूर्तिका लागि नेपालमा बटम लोडिङ प्रणाली इण्डियन आयल कर्पोरेसनले अनिवार्य गरेकाले निगमलाई वाध्यता परेको उनको भनाई छ। साथै उनले राज्यले बनाउने नीति ऐन कानुन अनुसार आयल निगम अघि बढेकोले व्यवसायीको मागलाई आयल निगमले वेवास्ता नगरेको बताउदै न्यौपानेले टैङ्कर व्यवसायीको सुझाव अनुसार सहज आपूर्तिका लागि एकजुट भएर काम गर्ने प्रतिवद्धता समेत जनाईन ।
कार्यक्रममा टैङ्कर व्यवसायीहरु चोप नारायण श्रेष्ठ,हिमाल गैरे, कुञ्ज पार्कका लोक पुन, नवराज पाण्डे,शान्तकुमार शर्मा, धनेन्द्र पौडेल लगायतको सहभागिता रहेको थियो ।उद्घाटन कार्यक्रम पश्चात बन्दसत्रमा संघको गतिविधि, भावी रणनीति, आयव्यय विवरण तथा अनुमानित बजेट संलग्न प्रतिवेदनहरु समेत पारित गर्दै १६ वार्षिक साधारणसभा सम्पन्न गरिएकाे संस्थाका महासचिव तथा कार्यक्रम संचालक भुपराज अर्यालले बताए।
कमेन्ट गर्नुहोस्