लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जनउत्थान साकोसको १८ औं बार्सिकोत्सव सम्पन्न

IMG

तिलोत्तमा,पुष ७ गते।  जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेड, रुपन्देहीको १८ औं बार्सिकोत्सव शनिबार सम्पन्न भएको छ । संस्थाको १० वटै केन्द्र बाट संचालित शाखा कार्यालयहरुको बार्सिकोत्सव एकैदिन सम्पन्न भएको हो। शाखा संयोजकहरुको अध्यक्षतामा  सम्पन्न कार्यक्रममा विभिन्न सम्मान तथा पुरस्कार एबम रमाइलो खेलकुद समेत गराइएको थियो।पटाकसार शाखा ओमसतियाको एक कार्यक्रममा संस्थाको बारेमा जानकारी दिदै सचिव सरु रानाले एकैदिन सबै शाखा मार्फत गरिने सेवालाई थप प्रभावकारी बनाउन हरेक शाखा कार्यालयको सोही स्थानमा बार्षिकोत्सव मनाइएको बताइन् । उनले सहकारीमा विश्वाससहित बचत गर्न र सहज रुपमा ऋण लगानी गर्न जनउत्थान प्रतिबद्ध रहेको समेत बताइन् । 


पटाकसारमा भएको बार्सिकोत्सव कार्यक्रममा बोल्दै प्रमुख अतिथि पुर्व मन्त्री तथा लुम्बिनी प्रदेश सांसद माननीय अब्दुल रज्जाकले महिलाले नेतृत्व गरेको सहकारीले देशमै ठलो नाम कमाएको र महिलाको जीवनस्तर सुधार्न ठूलो योगदान गरेकोप्रति खुसी व्यक्त गरे । उनले सहकारीले गाउँ गाउँ गएर समाजका समस्या र आर्थिक बितरण कार्यलाई प्रभावकारी बनाउंदै स्थानिय उत्पादन र बजारीकरणमा सहयोग गर्दै सरकारलाई सहयोग गर्नुपर्ने बताए।  महिला हरेक क्षेत्रमा जागरुक हुँदै गएको भन्दै सबैलाई रोजगार दिन र उद्धमी बन्न सहकारिले सहयोग गर्नुपर्ने बताए।त्यस्तै सो कार्यक्रममा बोल्दै शाखा संयोजक कर्ण बहादुर पुनले यस क्षेत्रको पहिचान बनाउने गरी कार्य गरेको जनउत्थानले सबै बर्गको लागि सारथी बनेर अगाडी बढिरहेको बताए । कार्यक्रममा ओमासतियाका वडा नम्बर १ का अध्यक्ष बेल बहादुर बराल मगर, निर्वाचन आयोग रुपन्देहीका प्रमुख अयोध्या प्रसाद भन्डारी, प्र.अ.स.नि. गुनाखर भण्डारी, याम बहादुर केसी लगायतले सहकारीले समाजमा प्रेरणादायी राम्रा कामहरु गरेको बताए ।


सहकारीमा हाल ४० हजार ८ सय ७६ जना सदस्य रहेका छन् भने १० हजार ४ सय ६६ जनालाई संस्थाले २ अर्ब ७१ करोड ८७ लाख ऋण लगानी उपलब्ध गराएको छ। ३ अर्ब ५६ करोड ४० लाख कुल सम्पत्ति रहेको यस सहकारीको कुल शेयर पुंजी २८ करोड ७३ लाख रहेको छ। २९करिड ६२ लाखको जगेडा कोष रहेको संस्थामा ६ करोड ९६ लाखको कर्जा जोखिम कोष खडा गरिएको छ भने ६५ करोड ५२ लाख अर्थात २४.१४ प्रतिशत तरलता रहेको छ।


संस्थाले ६ सय ३१ जना ७० वर्ष उमेर नाघेका शेयर सदस्यहरू प्रत्येकलाई १ किलो मह, सल र कपबाट सम्मान गरेको छ भने ३० जना बाख्रा पालक शेयर सदस्यहरूलाई थप प्रोत्साहनको लागि १०/१० हजार निर्ब्याज ऋण २ वर्षको लागि वितरण गरेको छ। त्यस्तै सबै सेवा केन्द्र बाट ५० जना ब्याचलर र प्लस टु अध्ययन गर्ने गरिब तथा जेहन्दार विद्यार्थीहरू प्रत्येकलाई ५/५ हजार गरि रु २ लाख ५० हजार गरिब तथा जेहन्दार छात्रवृति वितरण गरेको छ।संस्थाले बार्षिकोत्सवका अवसरमा विभिन्न चिट्ठा तथा रमाइलो खेल समेत संचालन गरेको सहकारीका अधिकृत प्रकाश बुढाथोकीले बताए।कार्यक्रमको संचालन सिस्टर क्ल्बको सदस्य मुना बुढाथोकीले गर्नुभएको हो। 


कमेन्ट गर्नुहोस्