लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनी निर्माण व्यवसायी संघको अध्यक्षमा मन्जु भुसाल विजयी

IMG

तिलोत्तमा मङ्सिर ३० गते।लुम्बिनी निर्माण व्यवसायी संघ जिल्ला कार्यसमिति रुपन्देहीको अध्यक्षमा मन्जु भुसाल विजयी भएकी छन् । शनिबार भैरहवामा सम्पन्न संघको १३ औं अधिवेशनबाट १३४ मत प्राप्त गरी भुसाल अध्यक्षमा निर्वाचित भएकी हुन् । अध्यक्ष पदका उम्मेदवारहरु गणेश प्रसाद शर्मा र प्रयास खड्काले ८६/८६ मत प्राप्त गरेका छन् ।निर्वाचन अधिकृत दिलिप कुमार मल्लिकका अनुसार प्रथम उपाध्यक्षमा १०९ मत प्राप्त गरी रमेश बेल्बासे विजयी भएका छन् । प्रथम उपाध्यक्षका उम्मेदवार टिका बहादुर श्रेष्ठ (सन्तोष) ले ९१ र डण्डपानी पाण्डेले ९५ मत प्राप्त गरेका छन् । 


द्वितीय उपाध्यक्षमा ११९ मत प्राप्त गरी विष्णु सुब्बा विजयी भएका छन् । द्वितीय उपाध्यक्षका उम्मेदवारहरु अख्तर हुसेन (सरवर)ले ९० र राम रतन गुप्ताले ८० मत प्राप्त गरेका छन् ।त्यसै गरी महासचिवमा १२२ मतका साथ प्रितम रौनियार विजयी भएका छन् । महासचिवका उम्मेदवार अर्जुन उपाध्याय (रिजाल) ले ९२ र दीपक कुमार पाण्डेयले ६४ मत प्राप्त गरेका छन् ।सचिवमा १२५ मत प्राप्त गरी राजन ज्ञवाली विजयी हुँदा सचिवका उम्मेदवारहरु अजय रानाले ९१ र महेश कुमार दुबेले ७५ मत प्राप्त गरेका छन् ।


कोषाध्यक्षमा यज्नय प्रसाद बेल्बासे १०४ मतका साथ विजयी हुँदा कोषाध्यक्षका उम्मेदवारहरु पोलिन्द्र पटेलले ८२ र रोशन खनालले १०२ मत प्राप्त गरेका छन् । त्यस्तै सह–कोषाध्यक्षमा पवन कुमार मिश्रा १०४ मतका साथ विजयी हुँदा खगेन्द्र बेल्बासेले १०३ र राम राजन तिवारीले ७५ मत प्राप्त गरेका छन् ।त्यस्तै खुल्ला सदस्यमा पुरन कार्की क्षेत्री (१७४), रोशन प्रसाद भण्डारी (१४०), सुरेन्द्र यादव (१३०), सतीस मिश्रा (१२१) र शुभम रौनियार (११६) मतका साथ विजयी भएका छन् । सदस्यका उम्मेदवारहरु ऋषि भुसालले १०२, सेराज अहमदले ९२, विजय कुवरले ११० र लोकनाथ पंगेनी (गणेश)ले ९३ मत प्राप्त गरेका छन् ।


त्यस्तै लुम्बिनी निर्माण व्यवसायी संघ शाखा कार्यालय बुटवलको अध्यक्षमा ९१ मत प्राप्त गरी बुद्धिराज थापा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी ज्ञान बहादुर पुनले ८३ मत प्राप्त गरेका छन् ।वरिष्ठ उपाध्यक्षमा ८८ मतका साथ बाबुराम चौधरी (थारु) विजयी हुँदा वरिष्ठ उपाध्यक्षका उम्मेदवार बसन्त केसीले ८७ मत प्राप्त गरेका हुन् ।उपाध्यक्षमा किसन आचार्य १०८ का साथ विजयी हुँदा उपाध्यक्षका अर्का उम्मेदवार विष्णु प्रसाद घिमिरेले ५९ मत प्राप्त गरेका छन् ।त्यसै गरी सचिवमा १०३ मतका साथ हिरा श्रेष्ठ, सह–सचिवमा ८५ मतका साथ भुपेन पाण्डे विजयी हुँदा सचिवका उम्मेदवार मोहन कुमार पाण्डेले ६८ र सह–सचिवका अर्का उम्मेदवार अर्जुन श्रेष्ठले ८१ मत प्राप्त गरेका छन् ।

कोषाध्यक्षमा ९१ मत प्राप्त गरी चित्र बहादुर श्रेष्ठ विजयी हुँदा अर्का उम्मेदवार सजल नेपालले ७२ मत प्राप्त गरेका छन् ।


खुल्ला सदस्यमा जग नारायण चौधरी (१०५), चुरामणि न्यौपाने (१०३), सुशिल बस्याल (१०२), यादव नाथ न्यौपाने (१०२), कृष्ण प्रसाद चौधरी (९४) र भरत चौधरी (८३) मत प्राप्त गरी विजयी भएका छन् । सदस्य पदका उम्मेदवारहरु रेशम पाण्डेयले ७३, बोम बहादुर कुवरले ५९, धन बहादुर थापाले ६६ र उत्तम श्रेष्ठले ६४ मत प्राप्त गरेका छन् ।

कमेन्ट गर्नुहोस्