लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवलमा हुने लुम्बिनी एक्स्पोको तयारी तीब्र

tillotmacitynews - 2023 Dec 13 09:03 PM
IMG

तिलोत्तमा सिटी,  २०८०  मंसिर, २७ गते । रुपन्देही व्यापार संघको आयोजनामा आगामी पुष ५ देखि १८ गतेसम्म बुटवलमा हुने लुम्बिनी एक्स्पो २०८०, अन्तर्राष्ट्रिय व्यापार मेलाको तयारी अन्तरगत सुरक्षा प्रवन्धका विषयमा छलफल भएको छ । बुधवार प्रदर्शनीस्थल बुटवलमण्डपमा आयोजना गरिएको मुल आयोजक समिति र सुरक्षा निकायका प्रमुखहरुसंगको संयुक्त बैठकले मेलालाई व्यवस्थित र सहज अवलोकनको प्रवन्ध मिलाउन सबैप्रकारका उपाय अवलम्बन गर्ने निर्णय गरेको छ ।


मेला अवधिभर आम दर्शक उपभोक्ता एवं स्टल सहभागीहरुको सुरक्षा व्यवस्थालाई कसरी चुस्त दुरुस्त बनाउन सकिन्छ भन्ने बारेमा जिल्लामा रहेका सुरक्षा निकायहरुसंग छलफल गरिएको कार्यालय प्रमुख सरोज पोखरेलले जानकारी दिए । बैठकमा मेला आयोजनाको प्रमुख पाटोका रुपमा रहेको सुरक्षा प्रवन्धमा कुनै प्रकारको कमीकमजोरी र ढिलाई हुन नदिने विषयमा आयोजक र सुरक्षा निकाय बीचको समन्वयमा जोड दिइएको छ । मेलामा आन्तरिक र वाह्य सुरक्षाको व्यवस्थालाई कडाई गर्दै मेलामा कुनै प्रकारको कानुनविपरितका क्रियाकलाप गर्न छुट नपाईने कुरामा जोड दिइएको थियो ।



मेला सञ्चालनका क्रममा अवलोकनकर्ता तथा सहभागि स्टलधनीहरुको सबैप्रकारका सुरक्षाको प्रवन्ध मिलाउने दायित्व आयोजकको रहेको हुँदा त्यसमा सुरक्षाकर्मीहरु सहयोगि बन्ने प्रतिवद्धता सुरक्षा निकासका प्रमुखहरुले व्यक्त गरेका थिए । उनीहरुले मेला मर्यादित र व्यवस्थित बनाउन प्रविधिको प्रयोगमा जोड दिएका थिए ।


कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले मेलाको सुरक्षा प्रवन्धका लागि एकिकृत सुरक्षाको प्रवन्ध मिलाउन सुझाव दिँदै स्मार्ट सुरक्षाको तयारी गर्न आग्रह गरे । अर्यालले नयाँ सोंच र योजनाकासाथ आयोजना गर्न लागिएको मेलाको सफलताले यस क्षेत्रको समग्र विकासलाई सहयोगी बन्ने विश्वास व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्