लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सेयर बजार ३६ अंकले बढ्यो

tillotmacitynews - 2023 Dec 12 04:26 PM
IMG

तिलोत्तमा सिटी, २६ मंसिर २०८० । सेयर बजारको परिसूचक नेप्से मंगलबार ३६.८६ अंकले बढेको छ । यो वृद्धिपछि नेप्से १९८५ अंकमा कायम भएको छ । परिसूचक बढ्दा कारोबार रकम भने केही घटेको छ । सोमबार ४ अर्ब ८४ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ४ अर्ब ३० करोडमा खुम्चियो । कुल २१४ कम्पनीको मूल्य बढ्दा २४ को घट्यो भने ४ को स्थिर रह्यो । यस दिन सबै समूहका सूचक बढेका छन् । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै ४.३ प्रतिशत बढ्यो । जीवन बीमा, फाइनान्स, जलविद्युत् समूह पनि ३–३ प्रतिशतभन्दा धेरै बढे ।


अंकका आधारमा बैंकिङ २, विकास बैंक ६५, फाइनान्स ५५, होटल तथा पर्यटन २२८, जलविद्युत् ६९, जीवन बीमा ३३३, उत्पादन १२३, माइक्रोफाइनान्स ५३, निर्जीवन बीमा २५६, अन्य ३८ र व्यापार ६० ले अंक बढे । धेरै रकमको कारोबार हुनेमा शिवम् सिमेन्ट, सोनापुर सिमेन्ट, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, माउन्टेन इनर्जी र सोल्टी होटल क्रमशः अगाडि रहे । बजार बढ्दा पनि सीवाईसी लघुवित्तको ५ र सिंगटी हाइड्रोको ४ प्रतिशत मूल्य घट्यो ।

कमेन्ट गर्नुहोस्