लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

विमानस्थलबाट बरामद भएको सुन विशुद्ध अर्थात २४ क्यारेटकै भएको पुष्टि

IMG

तिलोत्तमा,२३ मंसिर २०८०। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको १४ किलो सुन विशुद्ध अर्थात २४ क्यारेटकै रहेको पुष्टि भएको छ । भन्सार विभागका अनुसार बरामद भएको सुनलाई ‘ईडीएक्स’ उपकरण (एक्सरे) मा परीक्षण गर्दा सबै सुन विशुद्ध भएको पुष्टि भएको हो ।परीक्षणपछि सुन विमानस्थल भन्सार कार्यालयमा फिर्ता गरिएको विभागले जनाएको छ । बिहीवार राति फ्लाई दुबईबाट आएका गोरखाका चन्द्र घलेको साथबाट सुन बरामद भएको थियो । पक्राउ परेका घलेले यसअघि पनि दुबईबाट पटक–पटक सुन भित्र्याएको प्रहरीको अनुमान छ ।


घले यो वर्ष मात्रै ५ पटक दुबई ओहोरदोहोर गरेको पाइएको छ । सुन बरामद भएको विषयमा छानबिन गर्न भन्सार कार्यालयले प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा ६ सदस्यीय समिति बनाएको छ ।



कमेन्ट गर्नुहोस्