
तिलोत्तमा सिटी, १७ कात्तिक २०८० गते । राजस्व अनुसन्धान कार्यालय बुटवलले रुपन्देहीको छपियाबाट १५ लाख बरावरको अवैध समान बरामद गरेको छ । कार्यालयबाट गस्तीमा गएको टोलीले अवैध कपडा र चकलेट गरी १५ लाख ४१ हजार समान बरामद गरेको हो। शुद्धोदन गाउँपालिका भलापुरमा भन्सार छली गरेर ल्याउँदै गरेको ८ लाख १८ हजार कपडा र सियारी गाउँपालिको छपियाका प्रेम थापाले भाडामा दिएको घर खानतलासी गर्दा ७ लाख २३ हजार बारबारको विदेशी चकलेट बरामद भएको कार्यालयको भनाइ छ । राजस्व अनुसन्धान कार्यालय बुटवलले दुवै घटनाबारे कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ।
कमेन्ट गर्नुहोस्