लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

टाकुरा सहकारीको १२ औँ साधारण सभा सम्पन्न

IMG

तिलोत्तमा, असोज २७ गते २०८०।टाकुरा बचत तथा ऋण सहकारी संस्थाको १२ औँ साधारणसभा शनिबार सम्पन्न भएको छ । तिलोत्तमाको ड्राइभरटोल होटल टुलिपमा भएको साधारणसभाबाट अध्यक्षको बार्षिक प्रगति प्रतिवेदन, कोषध्यक्षको प्रतिवेदन र लेखा समितिको प्रतिवेदनहरु सर्बसम्मत पारित भएका छन् । कार्यक्रममा संस्थाका अध्यक्ष राजेन्द्र कुँवरले बार्षिक प्रगति प्रतिवेदन, लेखा समिति संयोजक शंकर गौतमले लेखा समितिको प्रतिवेदन र कोषाध्यक्ष विरेन्द्र रानाले कोषाध्यक्षको प्रतिवेदन पेश गनुभएको थियो । कार्यक्रममा जेष्ठ नागरिक सम्मान अन्तर्गत ७५ बर्ष पुगेका शेयर सदस्यका आमाबुबालाई सम्मान गरिएको थियो ।


त्यस्तै सरकारी सेवामा नाम निकाल्न सफल सेयर सदस्य वा सदस्यका सन्तानलाई पनि सम्मान गरिएको गर्नुका साथै उत्कृष्ट सदस्यता बिस्तार सम्मान र उत्कृष्ट ऋणीलाई समेत सम्मान गरिएको छ । संस्थाका अध्यक्ष राजेन्द्र कुँवरको अध्यक्षता र तिलोत्तमा नगरपालिकाका युवा , खेलकुद  तथा शिक्षा शाखा प्रमुख उपसचिव गङ्गाराम आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको संचालन संस्थाका सचिव पशुपति चौधरीले गर्नुभएको थियो ।


संस्थाका निर्वतमान अध्यक्ष रमेश ज्ञवालीले स्वागत गर्नुभएको कार्यक्रममा बिशिष्ट अतिथि तिलोत्तमा नगरपालिका विशिष्ट  अतिथि कञ्चन गाउँपालिकाका प्रशासकीय प्रमुख सागर गौतम, तिलोत्तमा नगरपालिका प्रशासन शाखा प्रमुख अधिकृत गणेश पौडेल, प्रमुख सल्लाहाकार रमेश ज्ञवाली, सल्लाहकार गोपाल प्रसाद आचार्य , गुल्मेली सम्पर्क समाज रूपन्देहीका अध्यक्ष डाक्टर नारायण पन्थ लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।



कमेन्ट गर्नुहोस्