लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

‘स्वाद’को लहर : ५ बर्षदेखि योगीकुटी शान्तिकुञ्जमा ग्राहकको मन जित्दै टपबम्बे तन्दुरी

IMG
तिलोत्तमा सिटी,असोज २१  गते । तिलोत्तमा योगिकुटी चोकदेखि १ किलो मिटर तल शान्तिकुञ्ज चोक पुर्व हाइवेमै रहेको टप बम्बे तन्दुरीमा स्वाद नलिएको सायदै मान्छे होलान। बिहानदेखि साँझ सम्म एकैकिसिमको फेमिली र साथीभाई को भिडले नाम जस्तै टप बम्बे पनि टप लिस्टमा पर्दछ। खाजा मात्रै नभएर खाना अनि हरेक अवसरको लागि बनाइने मिठा र मुखै रसाउने परिकारले टप बम्बेलाई स्थानिय स्तरमा चिनाउन सफल भएका छन् राजु भाई ले। 

चिसो मौसममा हरेक घर, थरिथरी परिकार पाक्छन् । फुर्सद नहुनेको रोजाई रेष्टुरेन्ट हुन् । त्यसमाथि तिलोत्तमा अहिले रेष्टुरेन्टको सहर बन्दै छ । हरेक रेष्टुरेन्टमा एउटै परिकारले ग्राहक आकर्षित गर्न सम्भव छैन । त्यसैले प्रत्येक रेष्टुरेन्टले फरक स्वाद पस्किरहेका छन् । अहिले यहाँका रेष्टुरेन्टमा नयाँसँगै परम्परागत खाना लोकप्रिय बनिरहेका छन् । बिहानै चिया, खाजा र खानाका लागि ग्राहक आउने टप बम्बेमा अपरान्हपछि अचाक्ली भीड लाग्छ । ४० बर्षीय राजु घिमिरे भट्टीमा तन्दुरी र चिकेन तन्दुरी अनि तन्दुरी नांन पोल्न व्यस्त हुन्छन् । बिगत ५  वर्षदेखि आफ्नै फेमिलीबाट उनीहरू टप बम्बे तन्दुरी चलाइरहेका छन् ।

राजुका अनुसार कोरोनाको महामारीमा शुरु गरेको ब्यबसाय कहिल्यै थकाई मार्न पाइएन। आफ्नै मर्जीले जीवनयापन गर्न यो व्यवसाय थालेको उनले बताए । ‘शुरुका दुइ वर्ष तन्दुरी चिकन बनाएर बेचें,’ उनले भने, ‘कुक परिवर्तन गरिरहनुपर्ने झनझट भएपछि आफ्नै परिवार मिलेर खाजा खाना पकाउन कसियौ र यो रेस्टुरेण्टलाई अगाडि बढायौं ।’उनको रेस्टुरेन्टमा तिलोत्तमाका मात्रै होइन यस आसपासका पालिकाहरुबाट समेत खाजा र स्वाद लिनका लागि आउने गर्दछन।एकपटक आफ्नो चाहना अनुसारको खाजा खाने ग्राहकले दोहोरिएर आउने गरेको उनले बताए । ‘तिनैले प्रचार गरेर नयां ग्राहक बनाइदिन्छन,’ उनले भने, ‘तन्दुरी संगै अन्य खाजाको राम्रो प्रबन्ध गरि संचालन गरेको यो व्यवसायबाट सन्तुष्ट छु।’ आफूले पकाउने चिकेन तन्दुरी, नान , मटर समोसा, चाट, चिकेन मटन र भेजका विभिन्न आइटमको स्वादले ख्याती कमाएकाले आफूले सकुन्जेल यही व्यवसायलाई अगाडि बढाउने उनले बताए ।

कमेन्ट गर्नुहोस्