लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

१४ म्यानपावरलाई वैदेशिक रोजगार विभागले गर्‍यो निलम्बन

tillotmacitynews - 2023 Oct 03 11:16 AM
IMG

तिलोत्तमा सिटी,असोज १६ गते । वैदेशिक रोजगारीका लागि आवश्यक भाषा तथा संस्कृति सम्बन्धी तालिमको शंकास्पद प्रमाणपत्रका आधारमा नेपाली कामदारलाई जापान पठाएको अभियोगमा १४ वटा म्यानपावर कम्पनी निलम्बनमा परेका छन् । वैदेशिक रोजगार विभागका प्रवक्ता कविराज उप्रेतीका अनुसार उनीहरुलाई उजुरीका आधारमा अनुसन्धान जारी भइरहेको छ । सो अनुसार संलग्नता देखिएको आधारमा यी संस्थालाई निलम्बन गरी अनुसन्धान अगाडि बढाइएको उनले जानकारी दिएका छन् । यस कार्यमा अन्य संस्था समेत संलग्न रहेको सम्बन्धमा भने अनुसन्धान जारी रहेको समेत विभागले जनाएको छ । जापानी भाषा तथा संस्कृतिको तालिममा यस्तो प्रमाणपत्र पेश भएको विभागको भनाइ छ ।


कमेन्ट गर्नुहोस्