लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाको मणिग्राममा खुल्यो ‘सिद्धार्थ भूमि’

tillotmacitynews - 2023 Sep 29 01:32 PM
IMG

तिलोत्तमा, २०८० असोज १२ गते । रुपन्देहीको तिलोत्तमा-५ मणिग्राममा निर्माण सम्बन्धि सबै सामाग्री एकै ठाँउमा प्रदान गर्ने हेतुले "सिद्धार्थ भुमि इन्टरनेशन ट्रेडिङ्ग प्रालि " सञ्चालनमा आएको हो। सो कम्पनि असोज १२ (आज) देखि अौपचारिक रुपमा शुभारम्भ हुन लागेको छ। उक्त कम्पनिको सञ्चालकको पदमा रितेश सिलवाल, रामप्रसाद घिमिरे, नारायण केसि रहेका छन। सो कम्पनिको काठमाण्डैमा पनि ब्रान्च रहेको छ, कोहलपुर,इटहरी र पोखरामा पनि ब्रान्च खोल्ने योजना रहेको कम्पनिका डिरेक्टर(निर्देशक)रितेश सिलवालले बताए। रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निजी क्षेत्रको लगानीमा अत्याधुनिक सेवा सुविधासहित सम्भवत नेपालकै ठूलो निर्माण सामग्री केन्द्र स्थापना गरी सेवा दिँदै आएको सो कम्पनीले दाबी गरेको छ । 


 सो कम्पनीमा एकै छानामुनि अन्तर्राष्ट्रिय रुपमा चिरपरिचित जोह्न्सोन टायल सहित एमसेर, गेविस, एब्रोड एण्ड एक्टिभा र क्रेंजाका उत्पादन रहेका छन् । त्यस्तै प्लाइउडहरुमा क श्रेणीमा आउने ग्रिनप्लाई जस्ता ब्रान्डका प्लाईउडहरु, यूपीभीसीमा सबैभन्दा अब्बल डिमेक्स युपिभिसी ब्रान्डको प्रोफाइल र हार्डवेयर सामग्रीहरु साथै विश्वको नम्बर ३ र एसियाको नम्बर १ लेमिनेटस, लेमेंट ग्रीन्लम सरु विश्वको नम्बर एक रोका सेनिटरिवेयर साथै पेर्रिवेयर कम्पनीका सेनिटरिवेयर, धारा, तथा बाथ पिटिङ्गहरु पाइने जानकारी संचालक तथा निर्देशक नारायण केसीले जानकारी दिए ।


साथै जर्मन टेक्नोलोजी र भारतमा निर्मित सेरासिल कम्पनीका ग्रेनाइट सिंक, हार्डवेयर सिंक र किसिमकिसिमका चिम्नीहरु, विश्वविख्यात फिलिप्स ब्रान्डका स्विच लाइट सिस्टम इन्डियाको टप कम्पनि कालापतारुका ढोकाहरु सटरिङ्ग पलाईमा सबैभन्दा अब्बल हेसाब्रान्डका सटरिङ्ग प्लाई आदि पाइने संचालक बताउछन ।


कमेन्ट गर्नुहोस्