लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनीप्रदेशकै ठूलो निर्माणसामग्री केन्द्र सिद्धार्थभुमी इण्टरनेशनल तिलोत्तमामा शुभारम्भ हुँदै

IMG
तिलोत्तमा, २०८० असोज ७ गते ।रुपन्देहीको तिलोत्तमा देशमै उत्कृस्ट नगरपालिका हो। यस नगरमा पर्यटकिय, औधोगिक, व्यापारिक, शैक्षिक  ब्यबसायिक स्वास्थ्य लगायतका बिशेस क्षेत्रहरुमा फड्को मारिरहेको छ।  धेरैको आँखा अहिले तिलोत्तमा नगरका भूभागमा परेका छन्।  यसै पनि सुन्दर सफा हराभरा र अक्षत भूमिमा प्लानिङ्ग सहितको बिकाश निर्माणमा अगाडी देखिएको यस नगरमा दिनानुदिन विभिन्न ब्यबसाय खुल्ने क्रम बढ्दो छ।  यसैक्रममा यस क्षेत्रमै पहिलो पटक अलिक फरक ढंगले विभिन्न बिदेशी प्रविधिमा आधारित निर्माणका सम्पूर्ण सामाग्री पाइने गरि सिद्धार्थ भुमि इन्टरनेशन ट्रेडिङ्ग प्रालि मणिग्राममा शुभारम्भ हुने भएको छ। लामो समय देखि संचालनमा आएको सो कम्पनीले यहि असोज १२ र १३ गते विधिवत रुपमा कम्पनीको शुभारम्भ गरि सेवा सुचारु गर्ने भएको छ।
 
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निजी क्षेत्रको लगानीमा अत्याधुनिक सेवा सुविधासहित सम्भवत नेपालकै ठूलो निर्माण सामग्री केन्द्र स्थापना गरी सेवा दिदै आएको सो कम्पनीले निर्माणका लागि चाहिने सबै सामाग्री एकैठाउबाट उपलब्ध गराउने छ। कम्पनीले सेवाग्राही ग्राहकको चाहना अनुसारका सामाग्री वितरण गर्ने र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढेको  तिलोत्तमा-५ मणिग्राममा सिद्धार्थभुमि  इन्टर्नेशनल ट्रेडिङ्ग प्राइभेट लिमिटेडको नामबाट सञ्चालित सो कम्पनीका डिरेक्टर(निर्देशक)रितेश सिलवाल बताउनुभयो।

सो कम्पनीमा विभिन्न व्यवसायबाट रुपन्देही बासीलाई सेवा दिँदै आउनुभएका ३ संचालकहरु रामप्रसाद घिमिरे, रितेश सिलवाल र नारायण केसी रहनुभएको छ। समग्र देश र प्रदेश लुम्बिनी भरि आफ्नो सेवा विस्तार गर्ने लक्ष्यका साथ अगाडी बढेको सो कम्पनीमा एकै छानामुनि अन्तर्राष्ट्रिय रुपमा चिरपरिचित जोह्न्सोन टायल सहित एमसेर,गेविस, एब्रोड एण्ड एक्टिभा र क्रेंजा रहेका छन्। त्यस्तै प्लाइउडहरुमा क श्रेणीमा आउने ग्रिनप्लाई जस्ता ब्रान्डका प्लाईउडहरु, यूपीभीसीमा सबैभन्दा अब्बल डिमेक्स UPVC  ब्रान्डको प्रोफाइल र हार्डवेयर सामाग्रीहरु साथै विश्वको नम्बर ३ र एसियाको नम्बर १ लेमिनेटस ,लेमेंट ग्रीन्लम सरु विश्वको नम्बर एक रोका सेनिटरिवेयर साथै पेर्रिवेयर कम्पनीका सेनिटरिवेयर, धारा, तथा बाथ फ़िटिङ्गहरु पाइने जानकारी संचालकले दिएका छन् ।

साथै जर्मन टेक्नोलोजी र भारतमा निर्मित सेरासिल कम्पनीका ग्रेनाइट सिंक, हार्डवेयर सिंक र किसिमकिसिमका चिम्नीहरु ,विश्वविख्यात फिलिप्स ब्रान्डका स्विच लाइट सिस्टम इन्डियाको टप कम्पनि कालापतारुका ढोकाहरु सटरिङ्ग पलाईमा सबैभन्दा अब्बल हेसाब्रान्डका सटरिङ्ग प्लाई आदि पाइने संचालक बताउछन। कम्पनि तिलोत्तमा नगरपालिका-५ स्थित क्रिम्सन अस्पतालको पारीपट्टी हाइवेमा रहेको छ। 

भिडियो : २ बर्ष अघि निर्माण हुँदै गर्दाको हो। 

कमेन्ट गर्नुहोस्