लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

८ दिनमा तेस्रो पटक बढाइयो ब्रोइलर कुखुराको मूल्य

tillotmacitynews - 2023 Sep 20 03:32 PM
IMG

तिलोत्तमा सिटी, २०८० असोज ३ गते । बुधबारदेखि लागू हुनेगरी जिउँदो ब्रोइलर कुखुराको मूल्य पुनः बढाइएको छ ।राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघको मंगलबारको बैठकले जिउँदो ब्रोइलर कुखुराको बिक्री मूल्य बढाउने निर्णय गरेको हो ।संघका सचिव देव गिरीका अनुसार जिउँदो ब्रोइलरको कोल्ड स्टोर खरिद मूल्य किलोमा १० रुपैयाँले बढाउने निर्णय भएको छ । नयाँ निर्णयअनुसार अब जिउँदो ब्रोइलर कुखुराको बिक्री मूल्य २८० रुपैयाँ पुगेको छ । पछिल्लो ८ दिनमा यो मूल्य वृद्धि तेस्रो पटक हो ।२५ भदौमा संघले कुखराको प्रतिककेजी मूल्य २५० रुपैयाँबाट बढाएर २६० रुपैयाँ पुर्‍याएको थियो । त्यस लगत्तै २७ भदौमा पुनः किलोमा १० रुपैयाँले बढाएर ब्रोइलरको कोल्ड स्टोर मूल्य २७० रुपैयाँ पुर्‍याइएको थियो ।


पछिल्लो पटक मूल्यवृद्धि भएको ६ दिनपछि संघले पुनः ब्रोइलरको मूल्य १० रुपैयाँ बढाएको हो । व्यवसायीहरुकाअनुसार जिउँदो कुखुराको कोल्ड स्टोर मूल्य किलोमा १० रुपैयाँले बढ्दा तयारी मासुको मूल्य किलोमा १५ रुपैयाँले बढ्छ ।२७ भदौको मूल्य वृद्धिपछि बजारमा तयारी ब्रोइलर कुखुराको मासुको मूल्य ३९० रुपैयाँदेखि ४१५ रुपैयाँसम्म पुगेको राष्ट्रिय मासु व्यवसायी संघले जनाएको छ ।मंगलबारको जिउँदो ब्रोइलरको मूल्य वृद्धिको असर पनि अब तयारी मासुको मूल्यमा देखिने संघको भनाइ छ ।

कमेन्ट गर्नुहोस्