लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

खुट्टा काटिएका अभिषेकले भने : क्रिमसन अस्पतालले म माथी अन्याय गर्यो

tillotmacitynews - 2023 Sep 15 05:10 PM
IMG
तिलोत्तमा , भाद्र २९ गते। यस्तो कालो दिन बन्यो जेष्ठ २७ गते अभिषेक पौडेलको लागि। अगाडी हिडेको मान्छेले बाटो काट्दा नहेरेपछि मान्छे बचाउदा उनि आफै लडे। यो घटना तिलोत्तमा-८ चार नम्बर नजिकको हो। सोहि दिन आफ्नो बाइकबाट लडेका अभिषेकलाई तुरुन्त हस्पिटल लगियो। क्रिमसन अस्पताल मणिग्राममा उनको उपचार गराउने पारिवारिक सल्लाह भएपछी उनी त्यही गएर उपचार गराए। रगताम्य खुट्टासंगै घाऊ लिएर गएका अभिषेकको एक्स-रे पछि खुट्टाको घुडा र त्यो भन्दा थोरै माथि भाचिएको देखियो।परिवारका अनुसार घाऊ निको भएपछी हार्ड पलास्टर गर्नुपर्नेमा हार्डजोर्नी बिशेषज्ञ डाक्टर नभएको अवस्थामा अस्पताल स्रोतले सोहि दिन हार्ड पलास्टर गरिदियो। डाक्टर मनिष गुप्ताका अनुसार सो दिन आफु अस्पतालमा नभएको जिकिर गरेका छन्। 

सामान्यतया: हड्डी भाचिएपछि प्लास्टर गर्ने एउटा पाटो त होला, तर सरसर्ती हेर्दा घाउ निको नगराई जुन तरिकाले लापरबाही अस्पतालले गर्यो त्यसको जडले आज हाम्रो छोराको खुट्टा काट्न पर्ने स्थिति आयो - अभिषेकका अभिभावक भन्छन। प्लास्टर गराएको २ दिनपछि अब आराम नै गर्ने हो घर गएनी हुन्छ, बसे नि हुन्छ भन्ने अस्पतालको आग्रहमा बिरामी अभिषेक र घरपरिवारले सहमति जनाएपछि सो दिन साँझ आफ्नो तिलोत्तमा-३ स्थित घर आए। उपचारपछि निको होला भन्ने आशामा बसेका अभिषेकका परिवारलाई तब थाहा भयो जब उनको खुट्टा बिग्रिसकेको थियो। 

तत्काल खुट्टा पोल्ने दुख्ने भएपछी अभिषेक आत्तिदै घरका परिवारलाई गुहारे अनि तत्काल पुन : क्रिमसन अस्पातल लगेपछि डाक्टर मनिष गुप्ताले उनलाई खुट्टा काट्ने सल्लाह दिए। अझै बिश्वास नगरेका उनको परिवारले हार-गुहार र अन्य उपाय अपनाउन सक्ने या नसक्ने सुझाव लिन खोजे तर अभिषेकको खुट्टा भने मिनेट-मिनेटमा बिग्रदै गएको थियो। सल्लाह सुझाव माग्ने परिवारले खुट्टा काट्न नपरे हुन्थ्यो भन्ने आशा गर्दै अनेक उपाय सोधे तर कुनै उपाय आएन।  त्यसपछि उनीहरु क्रिमसनबाट उम्कन खोजे र भरतपुर लागे। भरतपुर अस्पतालमा पुगेसी खुट्टा बिग्रिसकेको कारणले खुट्टा काट्न पर्ने त्यहाको अस्पतालको समेत सल्लाहपछि सो रिपोर्ट हेरेका डाक्टरले पहिलाको कन्डिसनमा खुट्टा काट्न नपर्ने तर उपचारपछि सन्चो हुन सक्ने थियो तर अब खुट्टा काट्नु नै पर्ने भनी बताएका थिए। 

भर्खरका कलकलाउदो २६ बर्षीय युवा, त्यसमाथी घरको कमाइखाने एउटै सहाराको खुट्टा काटिदा नपर्नु पिर अहिले पौडेल परिवारमा परेको छ।अस्पतालको चरम लापरबाहीले आफु यो अवस्थामा पुगेको भन्दै उनले सामाजिक न्यायका लागि हार-गुहार गरेका छन। मिडिया र सामाजिक संजालमा सधै गुहार मागिरहेका उनले अस्पताललाई क्षतिपुर्तीको लागि कुरा गर्दा ठाडो जवाफ दिएको समेत बताए। तर अस्पतालले भने बिरामीको थप उपचारको लागि भनेर केहि पैसा समेत दिएको स्रोत बताउछ।

स्थानिय एक युवा ( अभिषेकको साथी ) का अनुसार पटक पटकको आग्रहमा अस्पतालले आफ्नो गल्ति नभइकन किन रकम दियो ? यो प्रश्न गम्भीर छ।  यहाँ एक आशालाग्दो युवाको खुट्टा कटिएको छ , तर अस्पातालले पैसा र पहुँचको भरमा बिरामी माथि शोषण गरेको उनको आरोप छ। नाम नबताउने शर्तमा ति युवाले भने - खुट्टा पलास्टर गरेपछि नदुखेसम्म कसलाई थाहा हुन्छ र ? दुखे लगत्तै बिरामी उपचारमा जाँदा खुट्टा काट्नुपर्छ भन्ने ? अस्पातालले ढिलो आएको भन्ने कुरालाई चिर्दै उनले सो कुरा बताएका छन्।   
अस्पतालका डाक्टर मनिष गुप्ताका अनुसार - बिरामीले खुट्टा दुख्ने पोल्ने बित्तिकै नआएको र आउदासम्म मांसपेशी सोइल भएपछी ढिलो भैसकेकोले सो अवस्थामा हामीले खुट्टा काट्नुपर्ने बताएका हौ। तर उहाँहरुले यहाँ थप उपचारका लागि सुझाउदा मान्नुभएन र उहाको खुट्टा काट्नुपर्ने अवस्था भैसकेको थियो सोहि अनुसार खुट्टा काट्नु परेको हो। शुरुको उपचारका बारेमा डाक्टर गुप्तालाई प्रश्न गर्दा शुरुको दिन आफु सो उपचारमा संलग्न नभएको समेत बताएका छन्। 

यसबारेमा अस्पताल प्रशासनसंग सोध्दा बिरामीले उपचारका लागि खुट्टा दुखेपछि पोलेपछि पनि समयमै नआएकोले खुट्टा बिग्रिसकेको र अस्पतालले गर्नुपर्ने सबै ईफ़ोर्ट लगाएर उपचार गरिएको बताएको छ। बिरामी अभिषेक पौडेल र परिवारका अनुसार अस्पतालले सानो लापरबाहीले गर्दा ठुलो मूल्य चुकाउनु परेको बताएका छन्। जिबन नै तहस-नहस पारिदिने गरि गरिएको यस लापरबाहीले आफुहरु अन्यायमा परेको भन्दै बिरामी अभिषेकले आफुलाई मारमा पार्ने अस्पताललाई कारबाही गर्नुपर्ने भन्दै सामाजिक न्यायका लागि आग्रह समेत गरेका छन्।  




कमेन्ट गर्नुहोस्