लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लौ ! सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

IMG

तिलोत्तमा, भाद्र २२ गते २०८०। साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य बढेको र चाँदीको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार शुक्रबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ ।


शुक्रबार छापावाल सुनको मूल्य एक लाख १२ हजार ३ सय, तेजावी सुनको मूल्य एक लाख ११ हजार ७५० र चाँदीको मूल्य १ हजार ४ सय ५ रुपैयाँ कायम भएको छ ।बिहीबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख १२ हजार, तेजावी सुनको मूल्य एक लाख ११ हजार ४५० रुपैयाँ र चाँदी १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको थियो ।

कमेन्ट गर्नुहोस्