लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

साउनमा चोभार बन्दरगाहबाट हुने व्यापार बढ्यो, भैरहवा विमानस्थलको घट्यो

tillotmacitynews - 2023 Aug 28 01:58 PM
IMG

तिलोत्तमा सिटी , भदौ ११  गते ।  काठमाडौंको चोभार सुख्खा बन्दरगाहबाट हुने व्यापार वृद्धि भएको छ ।चालु आर्थिक वर्ष २०८०/८१ मा यो भन्सार विन्दुबाट ८ करोड ५१ हजार रुपैयाँ बराबरको सामान आयात भएको हो । गत वर्ष साउनमा मात्र २ करोड ६३ लाख ९३ हजार रुपैयाँको वस्तु आयात यस भन्सार विन्दुबाट भएको थियो । यस वर्ष निर्यात भने साउनमा यो भन्सार विन्दुबाट हुन सकेको छैन । गत वर्षको साउनमा भने निर्यात ३३ लाख ८ हजार रुपैयाँ बराबरको भएको थियो ।


भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने व्यापार भने घटेको छ । यो विमानस्थलबाट साउनमा ४ लाख ८४ हजार रुपैयाँको वस्तु आयात भएको छ ।गत वर्ष साउनमा यो भन्सार विन्दुबाट ५ लाख ९२ हजार रुपैयाँको व्यापार भएको थियो । यी दुई भन्सार नयाँ विन्दु हुन् । नेपालमा त्रिभुवन विमानस्थलबाट मात्र आयातको ९.४९ र निर्यातको २४.५९ प्रतिशत व्यापार हुने गरेको छ ।


कमेन्ट गर्नुहोस्