
क्यालिफोर्निया । परदेशमा बस्ने नेपालीहरुको साझा संस्था एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसन अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष समेत रहनु भएका गैर आवासीय नेपाली संघका आजीवन सदस्य माधव मरासिनीले भैरहवा स्थित पाँच तारे होटल टाइगर प्यालेस रिसोर्ट खरिद काण्डमा संलग्न गैर आवासीय नेपाली संघ सम्बद्द सबैलाई निलम्बन गर्न माग गर्नुभएको छ ।
बिहिवार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष मरासिनीले उक्त रिसोर्ट गैर आवासीय नेपाली संघका अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष कुल आचार्य, राष्ट्रिय समन्वय परिषद् अमेरिकाका अध्यक्ष बुद्धि सुबेदी लगायतको टिमले किनेको र यो खरिद प्रक्रिया बिबादमा परेको प्रति आफूहरुको गम्भिर ध्यानाकर्षण भएको भन्दै उहाँले रिसोर्ट खरिदमा संलग्न सबैलाई निलम्बन गर्न माग गर्नुभएको हो ।
लगानी गर्नु ,व्यापारमा संलग्न हुनु , नाफा कमाउनु मान्छेको अधिकार भएको भए पनि यो रिसोर्ट खरिद बिषय सम्मानित अदालतमा विचाराधीन रहेको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेको भनि संघको समेत बदनाम हुने गरि विभिन्न सञ्चार माध्यम हरुमा समाचार समेत आएकोले संस्थाको छबिमा समेत कालो धब्बा लाग्ने सम्भावना बढेर गएको उहाँको भनाई रहेको छ ।
रिसोर्ट खरिद प्रक्रिया विवादमा परेको विषम परिस्थितिमा संस्थाको छबि थप नबिग्रियोस् र अनुसन्धानमा समेत सहयोग पुगोस भनि खरिद प्रक्रियामा संलग्न गैर आवासीय नेपाली संघ सम्बद्द सबैलाई निलम्बन गर्न माग गर्दै अध्यक्ष मरासिनीले आफूहरुको ध्यानआकर्षण लाइ नजर अन्दाज गरिएमा यसबाट आउने सबै परिस्थितिको दोष हालको नेतृत्वले लिनु पर्ने चेतावनी समेत दिनु भएको छ ।
कमेन्ट गर्नुहोस्