लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सिटिजन्स बैंक सेमरा शाखाले एटीएम सेवा सुरु गर्यो

IMG

१३ साउन, तिलोत्तमा। सिटिजन्स इन्टरनेशनल बैंक लिमिटेडको सेमरा शाखाले एटीएम सेवा सुरु गरेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–७ सेमरा बजारस्थित बैंकको सेमरा शाखाले बिहीबारदेखि एटीएम सेवा शुभारम्भ गरेको हो । यो एटीएम बैंकको १४७ औं भएको बैंकले जनाएको छ ।


एटीएम सेवाको एक कार्यक्रमकाबीच बैंकका लुम्बिनी प्रदेश प्रमुख प्रदीप कुमार श्रेष्ठले उद्घाटन गरेका छन् । सो अवसरमा बोल्दै प्रदेश प्रमुख श्रेष्ठले एटीएम सेवाबाट ग्राहक लाभान्वित हुने विश्वास व्यक्त गरे । बैंकका कलस्टर हेड कपिल पोखरेलले बैंकले बचतमा उच्चतम ब्याजदर तथा कर्जा प्रवाह सेवाका लागि ३ दिनमा निर्णय दिने बताए । बैंकका सेमरा शाखा प्रबन्धक एकनारायण अर्यालले सेमरा शाखामा हाल ११ हजार बढी ग्राहकहरु रहेको बताए । उनले उनले लुम्बिनी प्रदेशमा ५१ वटा शाखामार्फत सिटिजन्स बैंक इन्टरनेशनल बैंक लिमिटेड सेवा प्रवाह गर्दै आएको बताए ।


एटीएम सेवा शुभारम्भ कार्यक्रममा बैंकका प्रदेश प्रमुख श्रेष्ठ, कलस्टर हेड कपिल पोखरेल, सेमरा शाखा प्रबन्धक एकनारायण अर्याल, बैंकका कर्मचारीलगायतको उपस्थिति रहेको थियो । सिटिजन्स बैंक इन्टरनेशनल बैंक लिमिटेडले १८८ वटा शाखामार्फत सेवा प्रवाह गर्दै आएको जनाएको छ ।


कमेन्ट गर्नुहोस्