
तिलोत्तमा,साउन ३ गते २०८०। तिलोत्तमा नगरपालिका मा तिलोत्तमा बिल्डल्र्सले एक ढाइतला घर निर्माण गरि सम्पन्न नलिग्दै सिमेन्टको जोडाइ भतभत भुइंमा खसेपछि सो कम्पनीका इन्जिनियर रमेश ढकाल तनावमा छन्। केहि महिनामा सम्पन्न हुने गरी ठेक्का दिइएको सो घर सबै काम सिध्याएर प्लास्टर गर्दा गर्दै सिमेन्टका कारण उनि तनावमा पुगेका हुन्। २५ प्रतिशतभन्दा बढी काम बाँकी नै छ, तर विश्वास गरेर किनेको सिमेन्टका कारण आफुलाई घरधनीले सोधपुछ गरेपछि उनले सो घर निर्माण सिमेन्टको कारण बिग्रेको र पुन: निर्माण गरिदिने भन्दै हाल निर्माण गरिरहेका छन्।
हातले कोट्याउदा र आफै पनि प्लास्टर गरेको भित्तो खसेपछि उनि मात्रै हैन समयमै घर सर्न खोजेका घरधनी पनि तनावमा छन् यतिबेला। मलमास भन्दा अघि घर सर्ने साइत जुराएका थियौ तर समयमा घर बनेपनि सिमेन्टका कारण सपना पुरा भएन। घर मानिसले जीवनमा गरेको दु:खबाट निर्माण गर्छ तर निर्माण सामाग्रीका कारण विश्वास गुमेपछि सपना चकनाचुर हुने रैछ, घरधनीले दुखेसो पोख्दै भने।ओरिसन इन्जिनियरिंगका एक इन्जिनियरले पनि बिग्रिएको बृज सिमेन्टका कारण आफु ४ वटा घर निर्माण र मर्मत पुन थालेको बताएका छन्। यस बिषयमा उनले बृज सिमेन्ट र त्यसको आधिकारिक बिक्रेता संग गुनासो गर्दा हुन्छ हुन्छ भन्ने तर सुनुवाई नभएको बताएका छन्। पर्खाल जोड्न प्रयोग भइरहेको पाइएको बताए । उनले घरधनीले बिग्रिएको सिमेन्ट प्रयोग गरी निर्माण गरिएको घर भत्काएर फेरी बनाउनू भनेको बताए।
त्यति मात्रै हैन , बृज सिमीत लामो समय देखि प्रयोग गर्दै आएका सुपर डिजाइन कन्सल्टेन्सीका इन्जिनियर अनिल पौडेलले पनि सिमेन्टका कारण आफुले निर्माण गरेको घर झर्दै गएको र दोस्रो पटक फेरी सोहि काम गर्दा आफु घाटामा परेको बताएका छन्। उनले दुखेसो पोख्दै भने बृज सिमेन्टले हाम्रो मात्रै हैन आम नेपाली र घर निर्माण गर्ने हरुको विश्वास गुमाएको छ।घर निर्माणमा घाटा भएपछी ५ वटा घर पुननिर्माण गर्दै बसेको इन्जिनियर रमेश ढकालले बृज पिपिसी सिमेन्टले गर्दा इन्जिनियर कम्पनीको समेत बदनाम गराएको बताए।उनले सिमेन्टका कारण खराव भएका घर निर्माणमा ढिलाई र कमसल भएको प्रति सिमेन्ट कम्पनी जिम्मेबार हुनुपर्ने बताए। पटक पटक सुचना गर्दा समेत वास्ता नगरेपछि ढकालले अर्को सिमीत प्रयोग गरि घर निर्माणमा जुटेका छन्। विश्वास गरेर सिमेन्ट प्रयोग गर्यौ बृज पीपिसी सिमेन्टले घरधनी र जनताको विश्वास टुटायो उनले दुखेसो पोख्दै भनेका छन्।
कमेन्ट गर्नुहोस्