लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सभामुख घिमिरेद्वारा बजेट विधेयक प्रमाणित

IMG

तिलोत्तमा असार २९ गते २०८०। सभामुख देवराज घिमिरेले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भएकाे आर्थिक वर्ष २०८०/८१ को बजेट सम्बन्धी विधेयक प्रमाणित गर्नुभएको छ ।नेपालको संविधानको धारा ११३ को उपधारा (१) बमोजिम सभामुखले प्रतिनिधि सभाले संशोधनविना पारित गरेको र राष्ट्रिय सभाले सुझावविना फिर्ता पठाउने गरी पारित गरेका विनियोजन विधेयक, २०८०, आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० प्रमाणित गर्नुभएको हो ।


संसद्का दुवै सदनले पारित गरेका विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कार्यान्वयनमा जाने व्यवस्था छ । सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) राष्ट्रिय सभाको हिजोको बैठकले र प्रतिनिधि सभाबाट असार १३ गते पारित भएको थियो ।सरकारले गएकाे जेठ १५ गते सङ्घीय संसद्का दुवै सदनमा आउँदाे आर्थिक वर्षको बजेट प्रस्तुत गरेको थियो । प्रतिनिधि सभाको अर्को बैठक पर्सि आइतवार दिउँसो १ बजे बस्नेछ ।

कमेन्ट गर्नुहोस्