
तिलोत्तमा, जेष्ठ २६ गते। तिलोत्तमा सामुदायिक संस्था र तिलोत्तमा नगरपालिकाको सहकार्यमा युवामैत्री स्थानीय शासन संचालन सम्बन्धी युवा उद्यम र स्वरोजगार प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। तिलोत्तमा वडा नं १५मा रहेको मिटपोईण्ट होटलमा कार्यक्रम भएको थियो।आगामी आर्थिक वर्षको बजेट युवा उद्यमीलाई प्रोत्साहन गर्ने खालको हुने तिलोत्तमा नगरपालिका नगर प्रमुख राम कृष्ण खाणले बताए।युवामैत्री स्थानीय शासन संचालन कार्यक्रम अन्तर्गत युवा उद्यम र स्वरोजगार सम्बन्धी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख खाणले हरेक वर्ष सरकारले युवा उद्यमी, स्टार्टअप व्यवसायको लागि विभिन्न कार्यक्रम घोषणा गरे पनि कार्यक्रममा नै सिमित रहेको गुनासो गरे ।सरकारको नीति तथा कार्यक्रममा आउने तर कार्यान्वयनमा समस्या रहेको भन्दै यो वर्ष त्यही समस्या नगरपालिकामा दोहोरिन नदिने प्रमुख खाणले बताए।
आर्थिक वर्षको बजेट युवा उद्यममैत्री रहेको खाणले बताए ।यसै कार्यक्रममा नगर उप प्रमुख जागेश्वरि देवि चौधरीले नयाँ उद्यमीलाई नगरपालिकाले उद्यमशील तालिम दिने कार्यक्रम ल्याएको बताईन । उनले साना तिना उद्यम गर्नको लागि कार्यक्रम ल्याए पनि कार्यान्वयनमा समस्या रहेको उप प्रमुख चौधरीको भनाई रहेको थियो ।उनले युवा उद्यमी र उद्यमको लागि राम्रो बजेट आए पनि कार्यविधि बनाएर कार्यान्वयन गर्नसके मात्रै राम्रो हुने बताईन । सरकारले बजेट ल्याएपछि खर्च गर्न सक्नुपर्ने भन्दै बजेट युवा उद्यमीलाई देखाउनका लागि राम्रो भए पनि वास्तविकतामा केही बाकि रहेकमा नगरपालिकाले युवा उद्यमी लाई सहयोग गर्नेबताउदै युवा उद्यमीको आवाजलाई सम्बोधन गर्नेगरी बजेट ल्याउने बताईन ।युवाले सोचेको जस्तो सरकारले बनाएको नीतिमा काम गर्न चुनौती रहेको वडा नं ५ का अध्यक्ष रमेश डुम्रेको भनाइ रहेको थियो ।
यसै कार्यक्रममा प्रदेश युवा परिसद लुम्बिनिका उपाध्यक्ष गोविन्द के सिले युवा तथा महिलालाई उद्यमशील बनाउन ईक्ष्या शक्ति हुनु पर्ने बताए।काम गर्नको लागि आत्मबल हुनु पर्ने के सि ले बताए।साथै युवाहरुलाई आत्मनिर्भर रहनको लागि सानो तिनो नभनि कुनै पनि उद्यम लगानिमा लगाउनु पर्ने प्रशिक्षण दिए।युवाहरुलाई प्रशिक्षण दिदै नेहा अर्गवालले सरकारले आगामी वर्षको बजेटमा नयाँ स्टार्टअप व्यवसायको लागि प्रोत्साहन गर्ने कार्यक्रमहरु ल्याउनु युवा उद्यमीको लागि प्रोत्साहन मिलेको बताइन् ।मुक्ति नाथ विकास बैकका सियो राजेन्द्र घिमिरेले नेपालमा युवा उद्यम क्षेत्रमा लाग्न लगानीको खाँचो भए पनि बैंकमा लगानीको लागि धितो आवश्यक भएकाले युवा उद्यमी बन्न समस्या रहेको बताए । डेडिट किच्चनका प्रोपाईडर कमल जंग कुवरले व्यवसायमा विदेशी लगानी धेरै ल्याउन पाउने व्यवस्था बनाएर लगानी गरेमा सफलता हात पार्ने बताए।
उनले अब शिक्षण सिकाई प्रक्रियाबाट नै परिर्वतन ल्याएर विद्यालयको पाठ्यक्रममा नै उद्यमशीलता अध्यापन गराउनु पर्ने धारणा राखेका थिए ।कार्यक्रममा ७२ जना युवाहरुको सहभागिता रहेको थियो।तिलोत्तमा सामुदायिक संस्थाका अध्यक्ष लक्ष्मी बन्जाडेको अध्यक्षता सचिव शान्ता बस्यालको स्वागत साथै महासचिव कमला पाण्डेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।
कमेन्ट गर्नुहोस्