
प्रकाश पाण्डे । जेठ २६ गते । भारतीय बजारबाट लाउने सामानमा भन्सार कडाइ गरिएको छ । सुन्दा हासो लाग्ला तर १०० रुपियाको सामानमा पनि अहिले भन्सार उठाउन लागिएको भन्सार कार्यालयले सूचना निकालेरै जानकारी दिएको छ । चोरी निकासी गरि हजारौ लाखौको समान भित्राउने खेल हुन्छ तर सय रुपैयाँको सामानमा पनि भन्सार, यो काम हास्यास्पद भएको स्थानीयहरु बताउछन् । विनाभन्सार सामान भित्र्याउंदा स्वदेशी बजार र राजस्व समेत सुक्दै गएपछि बेलहिया सीमा नाकामा कडाइ गर्न थालिएको भन्सार कार्यालयको दाबि छ । सीमावर्ती बजारमा हुने अवैध कारोवारलाई निरुसाहित गर्न रूपन्देहीको बेलहिया नाकामा १०० रूपैयांभन्दा बढी मूल्यका सामानमा अनिवार्य भन्सार तिराउन थालिएको भन्सार अधिकृतहरु बताउछन् । घरायसी प्रयोजनका लागि सामान किन्न भन्दै दैनिक हजारौं नेपाली सीमावर्ती भारतीय सुनौली बजार पुग्ने गर्छन । भारतीय बजारबाट खुलेयाम सामान नेपाल भित्रिँदा सरकारलाई राजस्व र नेपाली व्यवसायीको कारोबारमा समेत प्रभाव परेपछि सीमा नाकाहरूमा कडाइ शुरू गरिएको हो । भन्सार कडा गरिएपछि नेपालहरुले भने यसमा खासै चित्त बुझाएका छैनन् । ‘देशमा ठुला कन्टेनर समेत मिलेमतोमा भन्सार कटाईन्छ । तर घरयासी प्रयोजनका लागि ल्याएको सामानमा अहिले भन्सार तिर्नुपर्छ भन्ने त्यति जायज होईन’ बेलहियामा किनमेलका लागि केहिदिन अघि गएकी मणिग्राम निवासी गीता न्यौपानेले भनिन् । बजार गर्न गएका तिलोत्तमा ८ निवासी रमण भण्डारीले पनि भन्सारका कर्मचारीको मिलिमतोमा सम्पूर्ण सेटिंग र दुख दिने गरिएको बताए ।
बेलहियामा अहिले भन्सार नतिरी सामान भित्रिन नदिन रूपन्देहीको भैरहवा भन्सार कार्यालय, बेलहिया नाकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सारमा कार्यरत कर्मचारी कडाइका साथ खटाइएको छ । भन्सार शुल्क तिर्नेको लाइन देखिन थालेको छ । उनीहरूले पारीबाट किनमेल गरी फर्केकालाई भन्सार प्रज्ञापनपत्र कटाएर भन्सार तिराउने गरेका छन । भैरहवा भन्सार कार्यालयका प्रमुख मनिराम पौडेलले भारतीय बजारबाट किनमेल गरी फर्किनेलाई भन्सार तिरेर मात्र छाडिएको बताउछन् । भरतको सुनौली बजारमा गएर दैनिक २ करोड रूपैयांसम्म सामान नेपालीले किनमेल गर्ने गरेको निजी क्षेत्रको दाबी छ ।
कमेन्ट गर्नुहोस्