लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनी केबलकारको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड अहिले केही बेरमै बुटवल आउनुहुदै

tillotmacitynews - 2023 Jun 08 09:27 AM
IMG

प्रकाश पाण्डे । जेठ २५ गते । लुम्बिनी केबलकारको औपचारिक उद्घाटन गर्न  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अहिले केही बेरमै  बुटवल आउनु हुदैछ । आईएमई समूहको लगानीमा बनेको केबलकारको आजबाट  व्यावसायिक रूपमा सञ्चालन हुने गरी औपचारिक उद्घाटन हुन लागेको हो । प्रधानमन्त्रीसंगै पुर्व अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पनि संगै आउदै हुनुहुन्छ । लुम्बिनी केबलकारबाट पुग्न सकिने पाल्पाको वसन्तपुर अब कामाख्यादेवीको मन्दिरसहित भगवती मन्दिर, गणेश मन्दिर, कैलाश पर्वत, वर पिपल, ढुङ्गेधारा, पोखरी आदि संरचनाहरूले भरिपूर्ण एउटा धार्मिक तथा पर्यटकीय गन्तव्य बनिसकेको आयोजना प्रमुख गोकुल साउदले  जानकारी दिनुभएको छ  । आज बिहान कुराकानी गर्दै प्रमुख साउदले साढे ५  अर्ब लगानीमा  बुटवल–३ बमघाटमा बटम स्टेशन र पाल्पाको तिनाउ गाउंपालिका–३ बसन्तपुरमा टप स्टेशन रहेको लुम्बिनी केबलकारको उद्घाटन समारोह टप स्टेशन बसन्तपुरमा बिहान ११ बजेपछि हुने जानकारी दिनुभयो । उद्घाटन समारोहमा प्रधानमन्त्री प्रचण्डसंगै पुर्व अर्थमन्त्री पौडेल,लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन,लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी लगायतका नेताहरु, संघीय र प्रदेश सांसदहरु, बुटवल र तिनाउका जनप्रतिनिधिहरु, , उद्योगी व्यवसायी सहभागी हुने प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालको भनाई छ ।



केबलकारको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन १ गते  गरेका थिए आन्तरिक र भारतीय पर्यटकलाई लक्षित गर्दै बनेको केबलकारको टप स्टेशनमा कामाख्यादेवीको आकर्षक मन्दिर सहितका धार्मिक संरचनाहरु बनेका छन् । यसअघि गएको जेठ १५ गते कामाख्या मन्दिरमा कामाख्या देवीको मूर्ति प्राणप्रतिष्ठा गरी पूजाआराधना सुरु गरिएको थियो । सप्ताहव्यापी पूजाआराधनामा गुहावटी र नेपालका ११ जना पण्डितले धार्मिक प्रवचन दिनुभएको थियो । भारतको गुहावटीमा रहेको मन्दिरकै शैली र कलामा वसन्तपुरमा कामाख्या मन्दिर बनेको छ । केबलकारको दैनिक सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकासँग त्रिपक्षीय सम्झौता भइसकेको छ । लुम्बिनी केबलकार प्रालिले प्रति टिकट शुल्कको दुई प्रतिशत रकम दुई वटा पालिकाका लागि छुट्टाउने छ । बुटवलको गोलपार्क बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका–३ वसन्तपुरसम्म तीन किलोमिटर दुरीको केबलकार लुम्बिनी प्रदेशको पहिलो केबलकार हो । आईएमई समूहले सञ्चालनमा ल्याउन लागेको यो तेस्रो केबलकार हो । यसअघि आईएमई समूहले काठमाण्डौको चन्द्रागिरि र भर्खरै नवलपुरको गैँडाकोटमा मौलाकालिका केबलकार सञ्चालनमा ल्याइसकेको छ । लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकार सञ्चालनले वसन्तपुरमा नयाँ धार्मिक र पर्यटकीय गन्तव्य थपिएको बताउनुभएको छ । उहाँले भारतको गोरखपुर, लखनउलगायत विभिन्न सहरका भारतीयलाई आकर्षित गर्न सकिने सम्भावना देखेर केबलकारमा लगानी गरिएको बताउनुभयो । केबलकार र रिसोर्टसहितको आयोजनाको लागत पाँच अर्ब रुपैयाँ छ । पहिलो चरणमा केबलकारमा डेढ अर्ब लगानी भएको छ । ’टप स्टेशन’ मा पर्यटकका लागि ’भेज’ र ’नन भेज’ छुट्टाछुट्टै रेस्टुरेन्ट बनिसकेका छन् भने होटल, बाल उद्यान, स्काई वाक, जीप लाइन निर्माणको क्रममा छन् । केबलकार सञ्चालनमा आएसँगै ’टप स्टेशन’ मा साढे तीन अर्ब रुपैयाँको लागतमा पाँचतारे होटललगायतका संरचना निर्माण हुने केबलकारका आयोजना प्रमुख गोकुल साउदले जानकारी दिनुभयो ।


कमेन्ट गर्नुहोस्