लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मोबाइल व्यवसायी लुम्बिनी प्रदेशको अध्यक्षमा शर्मा

tillotmacitynews - 2023 May 29 11:41 PM
IMG

जेठ १५, २०८० तिलोत्तमा।नेपाल मोबाइल व्यवसायी महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा शेषनारायण शर्मा सर्वसम्मत चयन हुनुभएको छ । महासंघका केन्द्रिय सदस्य दिपक पाण्डेयको अध्यक्षता एवं केन्द्रिय अध्यक्ष भरत भट्टराईको प्रमुख आतिथ्यतामा घोराहीमा भएको भेलाले तिन जनापछि थप्ने गरी २७ सदस्यीय समिति बनाएको छ ।जसको प्रथम उपाध्यक्षमा केशव खनाल, द्धितिय उपाध्यक्ष दयानिधी भण्डारी, महासचिव केशवराज भुषाल, सचिव विकास गौतम, कोषाध्यक्ष शरद केसी र सह कोषाध्यक्ष दुर्गा गैरे रहनुभएको छ ।


त्यसैगरी सदस्यहरुमा अजाद अन्सारी, प्रविण विक, धिरण खरेल, इश्वरप्रसाद अधिकारी, भिमसेन डिसी, श्यामलाल बेलवासे, राजु गिरी, नित्यानन्द पाण्डेय, तिलक मरासीनी, प्रकाश जी सी, युवराज शर्मा, नमराज पौडेल, महेन्द्र पुनमगर, भुवन पाण्डेय, विकास न्यौपाने, माधव वन्जाडे र गोपाल पोख्रेल रहनुभएको छ । मोवाइल तथा इलेक्टोनिक्स व्यवसायी समिति दाङका अध्यक्ष शालिकराम खनालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा महासंघका केन्द्रिय सचिव डिल्ली बहादुर तामाङ, केन्द्रिय सदस्य विष्णु ज्ञवाली, दाङ जिल्ला उद्योग वाणिज्इ संघका सचिव नरेशकुमार श्रेष्ठ, कपिल वस्तुका माधव बञ्जाडे, पत्रकार हेमराज शर्मा, प्युठानका प्रविण विक, गुल्मीका तिलक शर्मा, डिलर एसोसियसनका शंकर अधिकारी लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।कार्यक्रमको सञ्चालन भिमसेन डिसीले गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्