लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देही व्यापार संघको भ्रमण टोली कोरोला नाकामा हिमाल र तराईलाई सहजै जोड्न सकिने अवस्था

tillotmacitynews - 2023 May 29 11:11 PM
IMG

जेठ १५, २०८० तिलोत्तमा। आफ्नो वार्षिक कार्यक्रम अन्तरगत रुपन्देही व्यापार संघले व्यापार प्रर्बद्धन तथा आन्तरिक पर्यटनको विकासको अनुभव आदानप्रदानको लागि अध्ययन अवलोकन भ्रमण सम्पन्न गरेको छ ।संघका पूर्व अध्यक्ष, सल्लाहाकार तथा कार्यसमितिसहितको २२ सदस्यीय टोलीले नेपाल चीन सिमा नाका कोरोलासम्म पुगेर त्यस क्षेत्रको अवलोकन गरेको हो । संघका अध्यक्ष कृष्ण प्रसाद घिमिरेको नेतृत्वमा गएको टोली चीनसंगको नेपालकोप्रमुख सिमा नाका उपल्लो मुस्ताङको कोरोला नाकासहित व्यापारिक केन्द्रहरु मार्फा, जोमसोम, एवं पवित्र धार्मीक क्षेत्रहरु कागवेनी, मुक्तिनाथ धाम, बाग्लुङ कालिका मन्दीर, तातोपानी कुण्ड लगायतका क्षेत्रहरुमा पुगेको हो । 


भ्रमणका क्रममा विशेषगरि नेपाल चीन सिमा नाका कोरोला नाका नियमित सञ्चालनमा भैरहेको ढिलाई तथा त्यस क्षेत्रको अवस्थाको जानकारी लिदै टोलीले अध्ययन अवलोकन गरेको संघका अध्यक्ष घिमिरेले बताउनु भयो । उहाका अनुसार सो नाकासम्म पुग्ने सडकको स्तर उन्नती तथा नाकामा नेपाली पक्षको उपश्थितीलाई व्यवस्थित बनाउनु पर्ने अवस्था रहेको छ । त्यसैगरि नेपालको आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा रहेको पर्यटन क्षेत्रको केन्द्रविन्दुका रुपमा रहेको उपल्लो मुस्ताङसहित प्रमुख धार्मिक क्षेत्रहरुको प्रचारप्रसारसहित व्यवस्थित बनाउनु पर्नेमा भ्रमणका क्रममा अनुभव प्राप्त भएको अध्यक्ष घिमिरेले बताउनु भयो । 


भ्रमण टोली निमार्णाधिन कालीगण्डकी कोरिडोरको रिडी–बाग्लुङ सडकखण्डको बाटो हुदै बुटवलबाट हिडेको पहिलो दिन स्याउका लागि प्रख्यात मुस्ताङको मार्फा पुगेको थियो । मार्फामा भ्रमण टोलीले स्थानिय स्याउ बगैचाहरुको अवलोकन गर्नुकासाथै किसानहरुसंग अनौपचारिक छलफल गरेको थियो । अर्को दिन टोली कोरोला नाकातर्फ लागेको हो ।व्यापारिक अध्ययन तथा प्रबद्र्धनकासाथै धार्मिक पर्यटन क्षेत्रहरुको भ्रमण गर्ने लक्ष्यसहित तय गरिएको कार्यक्रम अनुसार टोलीले प्रमुख धार्मिक क्षेत्रहरु कागवेनी, मुक्तिनाथ धाम, बाग्लुङ कालिका मन्दीर, तातोपानी कुण्डको समेत भ्रमण गरिएको भ्रमण टोलीका संयोजक संघका वरिष्ठ उपाध्यक्ष डिल्लीराज भण्डारीले जनाउनु भयो । ति क्षेत्रको संरचनागत विकास र पर्यटकहरुको संख्या बृद्धिका लागि पहुच मार्गका स्तरउन्नतीसहित वास वस्ने सुविधा बढाउनु पर्ने सुझाव भण्डारीको रहेको छ । 


यसैवीच भ्रमण कै क्रममा संघको कार्यसमितिको १७ औं नियमित बैठक उपल्लो मुस्ताङको लोमान्थाङमा बसेको छ । संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेको अध्यक्षतामा बसेको बैठकले नियमित विभिन्न ४ वटा एजेण्डाहरुमाथि छलफल गर्नुकासाथै भ्रमणको समिक्षा गरेको संघका कार्यालय प्रमुख सरोज पोखरेलले जानकारी दिनु भयो ।बैठकलाई सम्बोधन गर्न संघका संस्थापक अध्यक्ष मोतीराज ज्ञवालीले संघको संसथागत विकास र व्यापार प्रबद्र्धनका लागि यस प्रकारका अध्ययन अवलोकन भ्रमण महत्वपूर्ण भुमिका खेल्ने बताउदै मुस्ताङ र बुटवललाई जोड्न सकेमा स्थानिय उत्पादनको वजारिकरणमा धेरै टेवा मिल्ने विश्वास व्यक्त गर्नु भयो । उहाले नेपालको उत्तरी सिमाको महत्वपूर्ण नाका कोरोला नाकालाई नियमित सञ्चालन र स्तरउन्नतीका लागि राज्यले थप ध्यान दिनसकेमा दक्षिणतर्फको हाम्रो परर्निभरतामा कमी आउने बताउनु भयो । 


भ्रमण टोलीमा संघका पूर्व अध्यक्षहरु मोतीलाल पाण्डे, पदम प्रसाद श्रेष्ठ, निर्वतमान अध्यक्ष यमलाल लोहनी, पदाधिकारीहरु, कार्यसमितिका सदस्यहरु, सल्लाहाकारको सहभागीता रहेको थियो । भ्रमणबाट हिमाललाई तराईसंग जोड्न सो नाका निकै सहज रहेको र त्यहाको पशु पालन, कृषि तथा फलफुल एवं जडिबुटी उत्पादनलाई सिधै बुटवलसम्म ल्याउन सकिने अनुभव प्राप्त भएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्