लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भिभोका दुई नयाँ आकर्षक फोनको बुटवलमा लन्च

IMG

तिलोत्तमा, जेष्ठ १ गते । विश्व प्रख्यात मोबाइल कम्पनी भिभो ब्रान्डका दुई वटा नयाँ फोन बुटवलमा लन्च गरिएको छ । भिवो भि  २७ र भिभो  भि २७ २७ ई  मोबाईल बुटवलमा लन्च गरिएको  हो ।  बुटवलमा सोमबार एक कार्यक्रम आयोजना मोवाईलको आधिकारिक डिलर आर.एस. ईलोक्ट्रोनिक्स बुटवलका सुरेन्द्र भारी र  महालक्ष्मी टेड्रीङ्ग बुटवलका प्रमुख अरुण कुमार गुप्ता, कम्पनीका एरिया सेल्स म्यानेजर राम चन्द्र पौडेलले संयुक्त रुपमा मोवाईल लन्च गरेका हुन ।


आरएस ईलोक्ट्रोनिक्स र महालक्ष्मी टेडिङ्गले भिभो भि २७ र भि २७ ई मोबाईल बजारमा याएको हो । आरएस ईलोक्ट्रोनिक्सका सुरेन्द्र मान भारी र महालक्ष्मी टेड्लिंक अरुण कुमार गुप्ता भिवो कम्पनिबाट एरिया सेल्स म्यानेजर रामचन्द्रपौडेल , टेरिटोरी सेल्स म्यानेजर अनिल पाण्डेले मोबाईलको बिशेषताका बारेमा जानकारी गराएका थिए । सार्वजनिक गरिएको मोबाईल अहिले रुपन्देही सहित लुम्बिनी प्रदेशका जिल्लाहरुमा उपलब्ध रहेको आरएस ईलोक्ट्रोनिक्सका सञ्चालक सुरेन्द्र मान भारीले जानकारी दिए । 


बुटवलमा पहिलो बुकिङ गर्ने सत्य रश्मी श्रेष्ठलाई मोबाईल प्रदान गर्दै मोबाईलको लन्च गरिएको हो । भिभो भि २७ लाई ५८ हजार ९९९  र भिभो भि २७ ई लाई ४१ हजार ९९९ बजार मूल्य रहेको छ । अहिलेसम्म बुटवलमा ७० भन्दा बढिले भिवो भि २७ मोबाईल बुकिङ्ग गरिसकेको भारीले जानकारी दिए ।  मोबाईलको आर्कषक फिचरको कारणले अहिलेको आर्थिक मन्दिको अवस्थामा पनि  भिवो भि २७ बुकिङ गर्नेको संख्या बढिरहेको जनाइएको छ । 


मोबाइलको प्रकार अनुसार भी–२७ फाइभजीमा औरा लाइट पोट्र्रट सिस्टम, ४,६०० एमएएच ब्याट्री र ६६ बाट फ्ल्यास चार्ज लगायतका आकर्षक विशेषताहरू छन् । भी–२७ फाइभजी दुई आकर्षक रंगहरूमा– म्याजिक ब्लू र नोबल ब्ल्याकमा  भी २७ मा १२० हर्ज रिफ्रेश रेट भएको कर्भ स्क्रिन र पातला बेजल रहेका छन्। २४००ह १०८० रेजोलुसन डिस्प्ले रहेको भी२७ मा डाइमेन्सिटी ७२०० (एनएम) प्रोसेसर राखिएको छ । जसमा १२ जीबी र्याम तथा २५६ जीबी स्टोरेज रहेको छ । तीन ओटा क्यामेरा राखिएको यो फोनमा ५० मेगापिक्सेलको प्राइमरी सेन्सर, ८ मेगापिक्सेलको अल्ट्रा वाइड एङ्गल लेन्स र २ मेगापिक्सेलको म्याक्रो लेन्स दिइएको छ । भी २७ ई मा २.५ डी स्क्रिनका साथै १२० हर्ज रिफ्रेश रेट सहितको एमोलेड डिस्प्ले समावेश छ ।साथै ५० मेगापिक्सल ब्याक एण्ड फ्रन्ट क्यामेरासहित सेन्सर र लाइटको समेत राम्रो व्यवस्था छ। साथै ६८७ इन्च थ्रीडी कर्भ १२० हर्जको डिस्प्ले , फिंगर प्रिन्ट सहित ८ जीबी र्याम, २५६ जीबी इन्टरनल मेमोरी र टिकाउ ४६०० एम्पियर ब्याट्री र मिडिया टेक डिमेन्सिटि ७२०० सय र ६६ वाटको चार्जर समेत उपलब्ध छ।



कमेन्ट गर्नुहोस्