लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवल मोबाइल संघसहित १९ वटा व्यवसायिक संस्थाको ज्ञापनपत्रमा उपमहानगरको एक्यबद्धता

IMG

तिलोत्तमा, जेष्ठ १ गते ।बुटवलको ब्यवसायीमा परेको आर्थिक मारलाई  केहि मलम लगाउने उदेश्यले नेपाल घरबहाल संघ रूपन्देहीको अगुवाईमा बुटवल मोबाइल संघको समर्थनका बुटवल उपमहानगरका मेयर खेलराज पाण्डेसमक्ष ज्ञापन पत्र बुझाइएको छ। बुटवलमा व्यवसायीको रुपमा रहेका १७ संघ संस्थाहरूको समर्थनमा बुटवल उपमहानगरपालिका प्रमुख पाण्डेलाई ज्ञापन पत्र बुझाई व्यवसायी मारमा परेको प्रति ध्यानाकर्षण गराइएको मोबाइल संघका अध्यक्ष बिष्णु ज्ञवालीले बताउनुभयो।


सो अवसरमा ज्ञापन पत्र बुझ्दै मेयर पाण्डेयले बुटवल बजार बचाऔ अभियानको लागी  हातेमालो गरी सल्लाह र सुझाबको अपेक्षाका साथ हरेक कदममा कदम साथ् दिने र सबैको साझा समस्याको समाधान गर्ने बिश्वास ब्यक्त गर्नुभएको छ । पछिल्लो समय व्यापार चौपट भैरहेको र भाडा वृद्धिसंगै मूल्य वृद्धिसमेतलाई ध्यानमा राख्न व्यवसायीहरुले ध्यानाकर्षण गरेका थिए।  



कमेन्ट गर्नुहोस्