
तिलोत्तमा, वैशाख १८ गते । आविष्कार, नवप्रवर्तनलगायतका विषयमा बजेट व्यवस्था गर्न माग गर्दै आन्दोलन गरिरहेका महावीर पुनसँग सरकारले ७ बुँदे सहमति गरेको छ । सोमबार भएको वार्तापछि सहमतिपत्रमा उपप्रधानमन्त्री पूर्णबहादुर खड्का र पुनले हस्ताक्षर गरेका छन् । सहमति भएसँगै पुनको आन्दोलन फिर्ता भएको छ । सरकारले आविष्कार, नवप्रवर्तनलगायतका काम गर्न एक कोष स्थापना गर्ने र सो कोषमा बजेटको कम्तीमा एक प्रतिशत रकम जम्मा गर्ने सहमति जनाएको छ । साथै कोष सञ्चालन तथा व्यवस्थापनका लागि ६० दिनभित्र संसदबाट विधेयक पारित गर्ने पनि सहमति भएको छ।
कमेन्ट गर्नुहोस्