लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवल मोबाइल संघ रुपन्देहीको प्रेस सल्लाहकारमा सुमन श्रेष्ठ मनोनित

IMG

तिलोत्तमा,२०८० बैशाख ६। केहि समय अघि बर्ष २०८०को अवसर पारेर क्यालेन्डर बिमोचन एवं शुभकामना आदनप्रदान कार्यक्रम गरेको बुटवल मोबाइल संघ रुपन्देहीले संचार बिज्ञको रुपमा बुटवलका पत्रकार सुमन श्रेष्ठलाई मनोनित गरेको छ। संघका अध्यक्ष बिष्णु ज्ञवालीले बिगत २ दशक देखि संचार संस्थामा कार्यरत खस्यौली एफएमका स्टेशन म्यानेजर तथा चलचित्र पत्रकार संघ रुपन्देहीका निवर्तमान अध्यक्ष सुमन श्रेष्ठलाई एक कार्यक्रमको आयोजना गरि प्रेस सल्लाहकार मनोनितको प्रमाण पत्र हस्तान्तरण गरेका छन।आज बुटवलमा बसेको संघको तेस्रो बैठकबाट सुमन श्रेष्ठ  प्रेस सल्लाहकार मनोनित भएका हुन्।


सो कार्यक्रममा बोल्दै अध्यक्ष ज्ञवालीले पछिल्लो समय प्रबिधी र संचारको युग भएकोले मोबाइल संघले गरेका गतिबिधीलाई मिडियासामु निश्पक्ष ल्याउन सहयोग हुने उदेश्यले प्रेस सल्लाहकार मनोनित गरिएको बताए। उनले बर्ष २०८० ले देशमा देखिएको आर्थिक मन्दी लगायतका समस्याको अन्त्य हुँदै सहज रुपमा ब्यवसाय गर्ने वातावरणको श्रजना गर्न संचार माध्यमले पनि ठुलो भूमिका खेल्ने भएकाले रचनात्मक कार्यको अपेक्षा गर्दै हार्दिक बधाई एबम शुभकामना समेत  ब्यक्त गरे। 

  

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष शिव देव अर्याल,महा- सचिव दिपेन्द्र पान्डे,संघका सदस्य कृष्ण प्रसाद आचार्य, सल्लाहकार नारायण गौतम प्रेस सल्लाहकारमा मनोनित सुमन श्रेष्ठलाई शुभकामना ब्यक्त गरेका थिए।


कमेन्ट गर्नुहोस्