
तिलोत्तमा,२०८० बैशाख ४। खल्ती डिजिटल वालेटले बुटवलमा आफ्नो हबको औपचारिक उद्घाटन गरेको छ । ललितपुरको बखुन्डोलमा रहेको कर्पोरेट कार्यालय र काठमाडौंको कलङ्कीमा रहेको खल्ती हब बाहेक, खल्तीले पोखराको राष्ट्र बैंक रोडमा हब सञ्चालन पछि लुम्बिनी प्रदेश (सुवर्ण पथ, बुटवल) मा पहिलो पटक हव उद्घाटन गरेको हो । खल्तीले आफ्नो एप्लिकेसन, वेब च्यानल र हबको साथमा खल्तीले लुम्बिनी प्रदेशमा ८ हजार खल्ती पसल र नेपालभर ७० हजारभन्दा बढी खल्ती पसल मार्फत विभिन्न भुक्तानी सेवाहरू उपलब्ध गर्दै आएको छ।
खल्ती प्रयोग गर्न जनतालाई सहयोग उपलब्ध गराउन खल्ती हब विस्तार गरिएको खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले बताए । खल्ती हबले सबै उपभोक्ता, एजेन्ट, व्यपारीहरूलाई खल्तीका कुनै पनि सेवाहरू जस्तै साइन अप र केवाईसी अपडेट, उपयोगिता बिल भुक्तानी, बैंक ट्रान्सफर, फ्लाइट, चलचित्र र इभेन्ट टिकट बुकिङ, र अन्य धेरै सेवाहरू प्रदान गर्ने उनको भनाई छ । ‘क्षेत्रीय स्तरमा खल्ती हब स्थापना गर्नुको पछाडिको हाम्रो उद्देश्य भनेको हाम्रा प्रयोगकर्ता, एजेन्ट र व्यापारी साझेदारहरूलाई अझ राम्रो सेवा प्रदान गर्नु हो । खल्ती हबले सहज भुक्तानी र अन्य डिजिटल सेवाहरू कार्यान्वयन गर्न स्थानीय जनताको हितमा सेवा गर्नेछ ।’ उनले भने ।
कमेन्ट गर्नुहोस्