लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

५८ वर्ष पुुरानो गुप्ता नसरीका विन्दुलाई प्रबल जनसेवा श्री पदक, राष्ट्रपती पौडेलद्वारा विभूषित

IMG

तिलोत्तमा,२०८० बैशाख १।  रुपन्देहीको तिलोत्तमा डज्ञाइभरटोलस्थित गुप्ता नर्सरीका सञ्चालक विन्दु गुप्तालाई नर्सरी व्यवसायमा लामो समयदेखि योगदान गरेको भन्दै सरकारले प्रबल जनसेवा श्री विभूषणबाट सम्माननीय राष्ट्रपती रामचन्द्र पौडेलबाट विभूषित भएका छन्। संविधान दिवसका दिन गुप्तालाई उक्त पदक दिने घोषणा भएको थियो। रूपन्देहीमा पहिलो पटक २०२२ सालमा स्व रघुनाथ गुप्ताले सुरु गरेको गुप्ता नर्सरी यस क्षेत्रको ब्राण्ड र चर्चित नर्सरी पनि हो । रघुनाथले सुरुमा यसलाई तरकारी खेतीसँग जोडेर नर्सरी गरेका थिए । अहिले यो नर्सरी व्यवसायलाई उनको तेस्रो पुस्ताले निरन्तरता दिएका छन् ।


स्वर्गीय रघुनाथका छोराहरू विनोद, शम्भु, राजेन्द्र, राजेश, सुरज, अर्जुन गुप्ता र नातिहरूसमेत अहिले उही नर्सरीमा व्यस्त छन् ।गुप्ता नर्सरीले फूलसँगै फूलका बिरुवा र फलफूलका बिरुवाहरू उत्पादन र बिक्री गर्दै आएको छ । ५८ वर्षदेखि पुष्प व्यवसायमा रमेको गुप्ता परिवारमा अहिले ६ परिवारका २५ जनाभन्दा बढीले साथ दिएका छन् । ६ दाजुभाइहरू मिलेर गरेको यो नर्सरी व्यवसायबाट उनीहरूले मनग्य आम्दानी पनि गरेका छन् । यहाँका रिसोर्ट सजाउने, थ्री डी एनिमेशन सहितको बगैंचा सजावट, मेला, महोत्सवमा गुप्ता नर्सरी अनिवार्य जस्तै छ यस क्षेत्रमा । धेरै ठाउँमा आफ्नो उत्कृस्ट सेवा योगदान गरेबापत विभिन्न मेलामा उत्कृष्ट स्टलको पुरस्कार गुप्ता नर्सरीले हात पार्दै आएको छ । यो नर्सरीले तिलोत्तमाकै कफी कम्पनीमा २ बिघामा र ओमसतियाको ठुटिपीपलमा २ बिघा र पाल्पाको प्रवासमा १३ रोपनीमा नर्सरी स्थापना गरेको छ ।


सन् २००३ मा स्विट्जरल्याण्डको जेनेभास्थित बीआईडी संस्थाले इन्टरनेसनल गोल्ड स्टार अवार्ड गुप्ता नर्सरीलाई प्रदान गरेको छ । त्यस्तै, फ्लोरिकल्चर एसोसिएसन नेपालले २०६४ सालमा कदरपत्र प्रदान गरेको छ । त्यसबाहेक यस क्षेत्रमा हुने मेला महोत्सवबाट नर्सरीले धेरै पुरस्कार प्राप्त गरिसकेको छ ।

कमेन्ट गर्नुहोस्