लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा चेम्बर अफ कमर्सले गर्यो होली मिलन कार्यक्रम

tillotmacitynews - 2023 Mar 07 12:07 AM
IMG

तिलोत्तमा,२०७९ फागुन २२। तिलोत्तमा चेम्बर अफ कमर्सद्वारा आयोजित होली मिलन कार्यक्रम चेम्बरको सभाहल, ति.न.पा-५, मणिग्राममा सम्पन्न भएको छ । चेम्बरका अध्यक्ष बाबुलाल भुसालको अध्यक्षतामा एवं तिलोत्तमा नगरपालिका नगर उपप्रमुख जगेश्वर देवी चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न व्यक्तित्व एवं अतिथिहरुले अबिर लगाउदै सान्दर्भिक शुभकामना मन्तब्य राख्नु भएको थियो । 


सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि जगेश्वर देवी चाैधरीले संस्थाले गरेका व्यावसायिक एवं सामाजिक कार्यहरु अग्रभागमा रहेर कार्य गरेको प्रति धन्यवाद ब्यक्त गर्नु भएको थियो।  साथै आगामी दिनमा सबैलाई समेटने गरी थप आकर्षक कार्यक्रमहरु अगाडि बढाउदै लैजानु हुन अनुरोध गर्नु भएको थियो । संस्थाका अध्यक्ष बाबुलाल भुसालले चेम्बरको कार्ययोजना अनुसार उद्योगी , व्यावसायिक एवं सामाजिक कार्यहरुमा निरन्तर अगाडी बढिरहेको जानकारी गराउनु दिनु भएको थियो। साथै उहाँले सम्पुर्ण उद्योगी व्यवसायीहरु एवं नेपालीहरुमा २०७९ सालको फागुपुर्णीमा रङ्गहरुको पर्व होली मिलनको शुभकामना व्यक्त गर्नु भएको थियो । 


कार्यक्रममा स्वागत मन्तव्य चेम्बरका द्वितीय उपाध्यक्ष नेत्र प्रसाद न्यौपानेले राख्नु भएको थियो भने शुभकामना मन्तव्य चेम्बरका संस्थापक अध्यक्ष एवं संरक्षक तथा लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सका महासचिव झबिन्द्र प्रसाद कंडेल, आर्थिक सल्लाहकार नुमेन्द्र पौडेल, सल्लाहकार हरी प्र. उपाध्याय लगायतले शुभकामना एवं आ-आफ्ना भनाईहरु राख्नु भएको थियो । कार्यक्रमको संचालन महासचिव बिष्णु बरालले गर्नुभएको थियो । साथै कार्यक्रममा अन्य अथितीहरु , सल्लाहकार, चेम्बरका पदाधिकारी , कार्यसमिति सदस्य , लेखासमिति , उद्योगी , व्यवसायी सदस्यहरु , सामाजिक व्यक्तित्वहरु एवं कर्मचारीहरुको उपस्थिति रहेको चेम्बरका कार्यालय प्रमुख रामु सापकोटाले जानकारी दिनु भएको थियो ।

कमेन्ट गर्नुहोस्