
तिलोत्तमा,२०७९ फागुन १५। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अविच्छिन्न रुपमा धाराबाहिक चलेको हरियाली प्रबर्द्धन तथा सरसफाई कार्यक्रमको १०० औ शृंखला भब्य मनाउने तयारी गरेको छ। नगरलाई प्लास्टिक मुक्त नगर, सरसफाई युक्त नगर, बालमैत्री, पूर्णखोप लगायतका घोषणा गरिसकेको सन्दर्भमा पछिल्लो समय बढ्दै गएको सहरिकरणले केहि असर गरेको भन्दै जनचेतना मुलक कार्यक्रम गर्दै अभियानको १०० औ शृंखला भब्य मनाउने तयारी गरेको हो। नगरपालिकाले यस अघि टोल बिकास र सरोकारवालाहरुसंग गरेको अन्तरक्रिया र आज सम्पन्न संस्थागत तथा सामुदायिक बिद्यालयका प्रधानाध्यापकहरुसंगको सरसफाई र हरियाली प्रबर्द्धन सम्बन्धी अन्तरक्रिया सम्पन्न गरेको छ ।
उपसमितिका संयोजक सुरेन्द्र श्रीको अध्यक्षता तथा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालको प्रमुख आतिथ्यतामा नगरपालिकाका संस्थागत तथा सामुदायिक बिद्यालयका प्रधानाध्यापकहरुसंग सरसफाई र हरियाली प्रबर्द्धन र यसका सम्भाव्य चुनौती र समस्या समाधानका बारेमा छलफल गरिएको थियो। उक्त कार्यक्रममा नगर संगै अभिभावक विद्यार्थी र घरघरमा जनचेतना छर्न बिद्यालयको ठुलो भूमिका हुने भन्दै सरोकारवालाहरुले सरसफाई र प्रदुषण मुक्त नगरको परिकल्पनामा अगाडी बढेको नगरको समग्र सुन्दरताको लागि आफुहरु प्रतिबद्ध रहेको प्रतिक्रिया व्यक्त गरेका थिए।
प्रत्येक महिनाको १ र १५ गते गर्दै आएको हरियाली प्रबर्द्धन र सरसफाईको अभियानको १ सयौ शृंखला भब्यताका साथ् मनाउन गएको सन्दर्भमा आयोजित भेलामार्फत बिद्यालय स्तरमा विभिन्न प्रतियोगिता, चित्रकला, वाककला, लगायतका कार्यक्रम मार्फत सहभागितामा जोड्ने नगरका कार्यपालिका सदस्य समेत रहेका सो अभियानका संयोजक सुरेन्द्र श्रीले बताए। सो अवसरमा बोल्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले हालसम्म गेरका नगरभित्रको विकास निर्माण , सरसफाई , हरियाली प्रबर्द्धनले आम नागरिकको शिर उचो बनाएको भन्दै यसको निरन्तरतामा जुट्न आग्रह गर्नुभयो उहाँले सानातिना समस्या निराकरण गर्दै जाने र सबैको सहकार्यले भावी सन्ततिका लागि स्वच्छ हराभरा सफा र समृद्ध नगरको परिकल्पनामा साथ् दिन सबैलाई आग्रह समेत गर्नुभएको थियो। सो अवसरमा विभिन्न बिद्यालयका प्रधानाध्यापकहरुले बिद्यालयको समस्या समाधानको उपाय र नगरपालिकाले गर्नुपर्ने सहकार्यहरुको बारेमा समेत आफ्ना भनाई राखेका थिए।
अभियानको यही चैत्र १ गते १ सयौ शृंखला मनाउने क्रममा विभिन्न सरोकारवाला हरुसंग छलफल र अन्तरक्रिया गर्दै हरेक दिन सो कार्यमा अग्रसरता साथ् लागिएको संयोजक सुरेन्द्र श्रीले बताउनुभयो। सो अभियानको छलफलमा बाताबरण शाखाका इन्जिनियर युवराज पन्थी, शाखा संयोजक गोरखनाथ खनाल, शिक्षा शाखाकी रमा आचार्य लगायत विद्यालयका प्रअहरुको बाहुल्य उपस्थिति रहेको थियो।
कमेन्ट गर्नुहोस्