लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

स्थानिय सबैको सहयोगले मंगलापुर कान्छीबजारको बाटो छिटो बन्छ:प्रमुख प्रशासकीय अधिकृत अर्याल

IMG

तिलोत्तमा,२०७९ फाल्गुण १ गते।  रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकामा रहेको ठुला आयोजनाहरुको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले सोमबार अनुगमन गर्नुभएको छ । उहाँले द्रुत गतिमा निर्माण कार्य अघि बढेको मंगलापुर कान्छीबजार सडक खण्डको नालीसहितको कालोपत्रे निर्माणकार्य , तिलोत्तमा-६ मा निर्माण भैरहेको १५ शैयाको अस्पताल ( आनन्दबन स्वास्थ्य चौकी ), शंकर नगर बनाबिहार भित्र रहेको बहुउदेश्यीय भवन ( भ्यु टावर ), बनबाटिका, स्विमिङ्ग पुल, स्ल्याप बगान,नजिकै रहेको स्वास्थ्य चौकी,शंकरनगर क्याम्पसको ताला थपिई निर्माण भैरहेको भवन, तिलोत्तमा-८ मा अबस्थित तिलोत्तमा गौशाला , ट्रस्ट तथा पशु शाला व्यवस्थापन लगायतका आयोजनाको काम तिब्रगतिमा गर्न निर्माण कम्पनी तथा ठेगदार संस्थासंग आग्रह गर्नुभयो। उहाँले सो निर्माण कार्य र योजना हाम्रै समग्र नगरको बिकासको लागि भएकाले सबै स्थानिय बासीहरुमा सहयोग गर्न आग्रह समेत गर्नुभयो। 


अनुगमनको क्रममा मंगलापुर कान्छीबजार कालोपत्रे सडक निर्माणकार्यका लागि बजेटको कुनै नभएको र तिब्र गतिमा काम अगाडी बढाउन उहाँले आग्रह गर्नुभयो। साथै अन्य स्थानमा समेत निर्माण कम्पनीले बिना कारण ढिला सुस्ती गरे नियमानुसार कारबाही गरिने उहाँले बताउनुभयो। योजनाको काम अलपत्र पारेर नागरिकलाई धुलोको मारमा पार्नु नमिल्ने भन्दै उहाँले केहि समय लाग्ने योजनामा स्थानिय बासीले धैर्य गर्न आग्रह समेत गर्नुभयो। अनुगमनमा प्रमुख प्रशासकीय अधिकृत अर्याल संगै, तिलोत्तमा वडा नम्बर-६ का अध्यक्ष गणेश पाठक, वडा नम्बर ७ का अध्यक्ष देवीलाल पंगेनी, योजना प्रमुख इञ्जिनियर प्रदिप बन लगायतका कर्मचारीहरु रहनुभएको थियो। 

कमेन्ट गर्नुहोस्