लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा-२ का महिलाहरुको लागि कुशन तथा गुडिया बनाउने तालिम सुरु

IMG

तिलोत्तमा,२०७९ माघ २० गते। रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ शंकरनगरका महिलाहरुको लागि कुशन तथा गुडिया बनाउने तालिमको आज एक कार्यक्रमको बीच उद्घाटन गरिएको छ । तिलोत्तमा नगरपालिकाको आर्थिक सहयोग र सिद्धेश्वर आमा समूहको आयोजनामा वडा कार्यालयको सभाहलमा ३० जना महिलाहरुको लागि ५ दिने तालिमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी तिलोत्तमा नगरपालिका वडा नम्बर-२ का अध्यक्ष डिल बहादुर भट्टराईले गरेका छन् । प्रमुख अतिथि भट्टराईले उद्घाटन गर्दै महिलाहरुको दक्षता सिप र स्वरोजगारका लागी आत्मनिर्भर बन्न शिपमुलक तालिमले सहयोग पुर्याउने र शिप सिकि ब्यवहारमा उतार्न सबै सहभागी महिलाहरुलाई आग्रह गर्नुभयो । 


संस्थाकि अध्यक्ष भगवती तिवारीको अध्यक्ष्तमा भएको सो कार्यक्रममा सिकेका सीपलाई व्यवहारमा उतार्न सके तालिमको औचित्य हुने अध्यक्ष तिवारीले बताउनुभयो। उहाँले घरमै खाली बसेर आत्मनिर्भरताको बाटो बन्द भएका महिलालाई समेटेर यस्तो तालिमको आयोजना गरिएको बताउनुभयो।  


कार्यक्रममा मन्तव्य राख्दै टोल सञ्जालकि अध्यक्ष सीता अर्याल, बरपिपल आमा समुहकि अध्यक्ष कमला आचार्य लगायतले महिलाको स्वरोजगारका लागि गरिने यस्ताखाले तालिमले समाजमा आत्मनिर्भर बनाउन सहयोग पुग्ने बताएका थिए। आगामी २४ गते समापन हुने सो उद्घाटन कार्यक्रममा सहभागीसंगै कार्यपालिका सदस्य सावित्रा आचार्य, वडा सदस्यहरु, टोल विकास अध्यक्ष तथा प्रतिनिधि,आमा समूहका अध्यक्ष तथा प्रतिनिधीहरुको उपस्थिति रहेको थियो। सो कार्यक्रमको स्वागत मन्तब्य विनिता गुरुङ र संचालन बिना गुरुङले गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्