लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

प्रेमप्रसाद आत्मदाह प्रकरणमा भाटभटेनी सञ्चालकसंग बयान

IMG

तिलोत्तमा,२०७९ माघ १६ गते। इलामका कृषि उद्यमी प्रेम प्रसाद आचार्यको आत्मदाह प्रकरणमा प्रहरीले भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङसँग प्रारम्भिक बयान लिएको छ।आत्महत्या दुरुत्साहनको कसुरमा अनुसन्धान गर्नेक्रममा गुरुङसँग काठमाडौं प्रहरी परिसरको टोलीले सोमबार प्रारम्भिक बयान लिएको हो।आचार्यले गत साता नयाँ बानेश्वरस्थित संसद भवन बाहिर आत्मदाह गर्नुअघि लेखेको फेसबुक स्टाटसमा भाटभटेनी लगायत ठूला सुपर मार्केटले आफ्नो उद्योगका सामान लगेर पैसा नदिएको, विभिन्न बहाना बनाएर सामान फिर्ता गरेको कारण आफू ठगिएर पििडत भएको उल्लेख गरेका थिए ।


सोही लेखाई (सुसाइड नोट) का आधारमा अधिवक्ता स्वागत नेपालले भाटभटेनीका गुरुङसहित विभिन्न संस्था र व्यक्तीविरुद्ध आत्महत्या दुरुत्साहन कसुरमा जाहेरी दिएका थिए।आचार्यको ६ हजार शब्दभन्दा लामो फेसबुक स्टाटसमा आफुलाई भाटभटेनीसहित विभिन्न व्यक्ति र संस्थाहरुले लगातार झुलाएको र दुख दिएको उल्लेख गरेका थिए। आफु रिणमा डुब्नुमा उनिहरुको पनि हात रहेको आशय स्टाटसमा थियो। गुरुङले बयानमा के भने भन्नेबारे प्रहरीले केही खुलाएको छैन।


कमेन्ट गर्नुहोस्