
तिलोत्तमा,२०७९ माघ ४ गते। रुपन्देहीको तिलोत्तमा निवासी बैंकर प्रकाश पौडेल शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः नियुक्त भएका छन्।सञ्चालक समितिको बैठकले आगामी चार वर्षका लागि सीईओमा नियुक्त गरेको हो । पौडेलले माघ १ गतेबाटै नयाँ कार्यकालको कार्यभार सम्हालेका छन् । बैंकका हरेक सुचांकहरुले सवल र सदृढ संस्था भएको प्रमाणित गरेका छन् ।
‘प्रोफेशनल इथिक्स’ पहिलो प्राथमिकता रहेको सीईओ पौडेलको भनाइ छ ।केन्द्रिय बैंकले दिएको मार्गदर्शनलाई पूर्णरुपमा कार्यान्वयन गरी ‘प्रुडेन्ट बैंकिङ्ग’ सरल र सहज ग्राहक सेवा र सम्पूर्ण स्टेकहोल्डरको हितलाई उच्च प्राथमिकतामा राख्दै समावशी अर्थतन्त्र निर्माणका लागि सदैव क्रियाशिल रहेको उनले नागरिक अनलाइनलाई बताए । लुम्बिनी प्रदेशमा ३ जिल्ला कार्यक्षेत्र भई स्थापना भएको बैंक आज राष्ट्रिय स्तरको भएको छ।
कमेन्ट गर्नुहोस्