लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पेट्रोल/डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ घट्यो

tillotmacitynews - 2022 Dec 16 08:19 PM
IMG

तिलोत्तमा,२०७९ पौष १ गते । नेपाल आयल निगमको इन्धनको मूल्य घटाएको छ । निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल/डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको हो ।घटेको मूल्यअनुसार अब प्रतिलिटर पेट्रोल १७८ र डिजेल/मटितेल १७५ पर्नेछ । यसअघि पेट्रोल लिटरको १८१ र डिजेल/मटितेल १७८ रुपैयाँ थियो ।


भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर नयाँ सूची पठाएसँगै नेपालमा मूल्य घटेको हो । आईओसीले शुक्रबार पठाएको सूचीअनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ९० पैसा, डिजेल १२ रुपैयाँ ३१ पैसा तथा हवाई इन्धन १० रुपैयाँ ६१ पैसा रहेको छ ।

कमेन्ट गर्नुहोस्