लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भैरहवामा हुने लुम्बिनी राष्ट्रिय महोत्सव २०७९ को तयारी पुरा

IMG

तिलोत्तमा, २०७९ मङ्सिर २१ गते । आगामी मंसिर २३ गते देखि भैरहवामा हुने लुम्बिनी राष्ट्रिय महोत्सव २०७९ को तयारी पुरा भएको आयोजकले जानेको छ। मुस्ताङ देखि मर्चवार सम्मका स्थानीय स्तरमा उत्पादित चिजवस्तुलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ लागिएको मेलामा २ सय ५० स्टल दर्ता भइसकेका छन् । मेला सञ्चालन हुने दिन नजिकिए सँगै व्यवसायका स्टलहरु दर्ता तिब्र गतिमा भइरहेको मेला व्यवस्थापन तथा प्रचारप्रसार संयोजक कृष्ण घिमिरेले बताए । मेलालाई कृषि उत्पादन सँग जोडेर बजारीकरण गरिनेमा घिमिरेले जोड दिए ।


महोत्सवमा स्थानीय उत्पादनका साथै देश तथा विदेशमा रहेका उत्पादनहरुको स्टल रहने र अहिले सम्म २ सय ५० स्टल दर्ता भइसकेको सिद्धार्थ उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा मेलाका स्टल व्यवस्थापन समिति संयोजक नेत्र प्रसाद आचार्यले बताए । मेलामा उपभोक्ता र उत्पादक एवं किसानहरुको प्रत्यक्ष भेटघाट हुने र कृषि जन्य वस्तुहरु, माछा तथा घरेलु उत्पादिन समान राखिने आयोजकले जनाएको छ ।



                                                       

कमेन्ट गर्नुहोस्