लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

राष्ट्रबैंकको कठोर नीतिले अर्थतन्त्रमा सुधार : गभर्नर

IMG

तिलोत्तमा, २०७९  मङ्सिर १ गते। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको कठोर नीतिका कारण नै अर्थतन्त्रमा सुधार देखिन लागेको दावी गरेका छन् । बुधबार नेपाल बैंक लिमिटेडको ८६ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले अर्थतन्त्र खस्किरहेको बेलामा सरकार र राष्ट्र बैंकले लिएका कठोर निर्णयबाट नै अर्थतन्त्र सुधारोन्मुख रहेको बताए ।अप्रिय लाग्ने तर, अर्थतन्त्र सुधारका लागि अत्यावश्यक नीतिगत निर्णय नगरेको भए अहिले अर्थतन्त्रमा सुधारको संकेत नदेखिने उनले दाबी गरे । कठोर नीतिगत निर्णय अर्थतन्त्रलाई सुधार गर्न र स्थायित्व दिनका गरिएको उनको भनाइ थियो ।राष्ट्र बैंकले लिएको नीतिले सकारात्मक काम गरेको अहिलेको सुधारोन्मुख अर्थतन्त्रले पुष्टि गरेको उनको भनाइ छ ।


लामो समयदेखि बाह्य क्षेत्रमा धेरै पीडादायी स्थितिमा रहेको भए पनि चालु आर्थिक वर्षको तीन महिनाको तथ्यले वर्तमान आर्थिक स्थिति सन्तोषजनक देखाएको उनले बताए । असोज मसान्तसम्म आइपुग्दा भुक्तानी सन्तुलन १४ महिनापछि सकारात्मक बनेको उनले बताए ।अर्थतन्त्रलाई अहिलेको अवस्थामा ल्याउन आयात प्रतिबन्ध लगाउने लगायत धेरै नीति लिनुपरेको गभर्नर अधिकारीले बताए ।‘गत अआर्थिक वर्षभरी नै हामी दबावको अवस्थामा थियौं ।


तरलता अभाव लगायतका कारणले कयौं ग्राहकको कर्जाको माग ट्र्न्सफर गरेको देख्यौं,’ उनले भने, ‘मुद्रास्फीति औसतमा साढे ८ प्रतिशत छ । निर्यात गत वर्गको भन्दा ठूलो मात्रमा घटेको छ भने आयात पनि उल्लेख्य मात्रमा घटेको छ । बाह्य क्षेत्रमा निकै हामीलाई पीडाजनक स्थिति थियो । तर, चालु आवको तीन महिनाको तथ्यांकले भने अर्थतन्त्र सुधारउन्मुख देखिएको छ ।’गभर्नर अधिकारीले तरलताका कारण कुनै पनि बैंकलाई असहज अवस्था आउने नदिने प्रतिवद्धता व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्