लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देहीमा कार्यरत ९ जना पत्रकार पुरस्कृत

tillotmacitynews - 2022 Oct 23 10:41 PM
IMG

तिलोत्तमा, २०७९ साल ६ कार्तिक। रुपन्देहीमा कार्यरत ९ जना पत्रकार पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ रुपन्देहीले विभिन्न संस्थासंगको सहकार्यमा वितरण गर्दै आएको तीन विधाका पत्रकारिता पुरस्कार आइतबार महासंघ रुपन्देहीको ११ औं साधारण सभामा उनीहरुलाई पुरस्कृत गरिएको हो ।बुटवल उपमहानगरपालिकाद्वारा स्थापित उत्कृष्ट पत्रकारीता पुस्कार २०७५ बाट यानेन्द्र जिसी, २०७६ बाट रामप्रसाद आचार्य, २०७७ बाट रेखा भुसाल पुरस्कृत भएका हुन् ।


सिद्धार्थनगर नगरपालिकाद्वारा स्थापित उत्कृष्ट श्रमजिवि पत्रकारीता पुरस्कार नरेश केसी, प्रकाश न्यौपाने र प्रतीक पौडेल पुरस्कृत भए ।बुटवल पब्लिकेशनद्वारा स्थापित उत्कृष्ट शैक्षिक पत्रकारीता पुस्कारबाट कपिल ज्ञावली, पुजा पन्थी र चन्द्रकान्त खनाल पुरस्कृत भए । कोरोनाका कारण दुई वर्षको पुरस्कार वितरण रोकिएको थियो ।

कमेन्ट गर्नुहोस्