लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पत्रकार महासंघ रुपन्देहीको साधरणसभा भोली

IMG

तिलोत्तमा, २०७९ साल ५ कार्तिक। आईतबार हुने नेपाल पत्रकार महासंघ रुपन्देहीको साधरणसभाको तयारी पूरा भएको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलको प्रमुअ आतिथ्यतामा साधरणसभाको उद्घाटन सत्र हुनेछ । साधरणसभाको अवसरमा विभिन्न विधाका छुटाटुटै ३ वटा पुरस्कार समेत वितरण गरिने महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले जानकारी दिए । 


उनका अनुसार बुटवल उपमहानगरपालिकासँग सहकार्य गरि स्थापना गरिएको उत्कृष्ट पत्रकारिता पुरस्कार, सिद्धार्थ नगरपालिकासँग सहकार्य गरि स्थापना गरिएको सिद्धार्थ श्रमजिवि पत्रकारिता पुरस्कार र बुटवल पब्लिक स्कूलसँग सहकार्य गरि स्थापना गरिएको उत्कृष्ट शिक्षा पत्रकारिता पुरस्कार वितरण गरिनेछ  । यी सबै पुरस्कार तीन वर्षका हुन । पुरस्कारका लागि मूल्यांकन समितिले छनौट गरि कार्यसमिति बैठकले अनुमोदन गरिसकेको सचिव विनोद परियारले जानकारी दिए । 


साधरणसभा विहान साढे १० बजे बुटवल सुख्खानगर स्थित मेरी गोल्ड होटलमा राखिएकाले सदस्य पत्रकारहरुलाई उपस्थित हुन महासंघले आग्रह गरेको छ । कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य, प्रदेश कमिटिका पदाधिकारी, महासंघ रुपन्देहीका सल्लाहकार, पूर्व अध्यक्ष एंव पत्रकार सम्बद्ध संगठनका नेताहरुको उपस्थिती रहनेछ । उद्घाटनसत्र लगत्तै बन्दसत्र शुरु हुनेछ । बन्दसत्रमा सचिव विनोद परियारद्धारा सांगठनिक र कोषाध्यक्ष सञ्जय सौगातद्धारा आर्थिक प्रतिवेदन पेश गरिनेछ ।

कमेन्ट गर्नुहोस्