लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बैंकको चर्को ब्याज विरुद्ध बुटवलमा प्रदर्शन, हातमा कालो पट्टी बाँधेर बिरोध

IMG

तिलोत्तमा सिटी न्युज, कार्तिक ४ गते, रुपन्देही व्यापार संघले चर्को बैंक व्याज विरुद्ध एकल एवं संयुक्त आन्दोलनको कार्यक्रम अन्तरगत आज शुक्रबारदेखि हातमा कालो पट्टी बाँधेर सांकेतिक बिरोध सुरु गरेको छ । नेपाल राष्ट्र बैंकले २०७९ भदौं ७ गते इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाबाट प्रदान हुने चालु पुँजी प्रकृतिका कर्जा सम्बन्धमा मिति २०७९ कार्तिक १ गतेदेखि लागू हुने गरी जारी गरेको चालू पूँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ र त्यसबाट उत्पन्न परिस्थितीप्रति बिरोध जनाउँदै आन्दोलनमा रहेको संघका सदस्यहरुले बुटवलका हाटजबार लाईन, अमरपथ, ट्राफिकचोक, जेसिस चोक लगायत सबै क्षेत्रमा रहेका व्यवासीहरुलाई हातमा कालो पट्टी बाँधेर सांकेतिक बिरोध गरेका हुन् ।


यसैगरी रुपन्देहीका उद्योगी तथा व्यापारिक संस्थाहरुको सञ्जालले संयुक्त रुपमा आज शुक्रबार नै नेपाल राष्ट्र बैंक, सिद्धार्थनगर शाखा मार्फत राष्ट्र बैंकका गभर्नरलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले जानकारी दिए । संघका महासचिव दयानिधि भण्डारीले पछिल्लो समयमा नेपालको अर्थतन्त्र चलायमान हुन नसकेको अवस्थामा बैंक वित्तीय संस्थाहरुबाट विना कारण पटकपटक व्याजमा भैरहेको बृद्धिले निकै मर्कामा परेका बताए । बैंक, वित्तिय संस्थाहरुबाट लिएका ऋणको व्याज अस्वाभाविक रुपमा बृद्धि गरिएको र त्यसमा कसैको निगरानी नहुदा व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेको व्यवसायीहरुको गुनासो छ । बैंकको व्याज दर बृद्धि र त्यसमा राष्ट्र बैंकको स्वीकृतिले ब्यवसायीहरु हतोत्साहित भएका छन् ।


कमेन्ट गर्नुहोस्