लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

दशैंको मुखमा खुल्यो शान्तिचोकमा एटुजेड होलसेल सप

IMG

तिलोत्तमा सिटी , २०७९असोज ९।  बडादशै र तिहारको आगमनसंगै चाडबाडलाई मध्यनजर गर्दै तिलोत्तमा-३ शान्तिचोक देखि २०० मिटर तल कपडाहरुको होलसेल पसल एटुजेड होलसेल सप संचालनमा आएको छ।  घटस्थापनाको दिन उद्घाटन हुने सो फेन्सी पसलमा बच्चादेखि युवा-युवती तथा बृद्धसम्मका सम्पूर्ण किसिमका कपडाहरु होलसेल मुल्यमा पाइने एटुजेड होलसेल सपका संचालक काजल पाण्डेयले जानकारी दिनुभयो। 


चाडबाडलाई मध्यनजर गर्दै टाढा जाने बाध्यतालाई थाति राखेर आफ्नै गाउँ ठाउँमा भनेजस्तो सबै खालका स्टाइलिस्ट कपडा सुपथ मुल्यमा बिक्रीगर्ने गरि सो पसलको सुभारम्भ गरिएको संचालक पाण्डेयको भनाई छ।  बुटवलमा बिगत लामो समयदेखि कपडाको होलसेल पसल संचालन गर्दै आएका पाण्डेको घर नै तिलोत्तमा-३ मा हो। उहाँले कपडाको बजार दिनानुदिन परिबर्तन हुदै गएकोले बजारमा चलेका र परम्परागत तथा क्याजुवल कपडाको लागि आफुले पसल संचालन गरेको बताउनुभएको छ।  महान चाड बडादशैंको उपलक्ष्यमा भारी छुट ने बताउदै अब जुनसुकै कपडाको लागि टाढा जान नपर्ने बताउनुभएको छ।  

कमेन्ट गर्नुहोस्