लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

विश्वप्रसिद्ध पिक र एक्सटेप ब्राण्डको आउटलेट बुटवलमा शुभारम्भ

tillotmacitynews - 2022 Sep 25 11:11 PM
IMG

तिलोत्तमा सिटी , २०७९असोज ९। खेलप्रेमीहरुको रोजाइमा रहेको विश्वप्रसिद्ध पिक र एक्सटेप ब्राण्डको आउटलेट बुटवलमा शुभारम्भ भएको छ । बुटवल ट्राफिकचोकमा खुलेको आउटलेटमा खेलाडीहरुका लागि आवश्यक पर्ने सबैप्रकारका ब्राण्डेड उपलब्ध फुट वयेरहरु उपलब्ध हुने संचालक प्रविण ज्ञवालीले बताए ।बुटवल र आसपासका विभिन्न जिल्लामा रहेका ब्राण्ड प्रेमीहरुलाई लक्षित गरी घटस्थापनामा आउटलेट शुभारम्भ हुनेछ ।


ब्राण्ड पारखीका लागि सूज एण्ड स्पोर्टस वेयरहरुको आधिकारीक विक्रेताको रुपमा सञ्चालन शुरु गरेको अर्का संचालक निलम थापा ज्ञवालीले बताइन् ।रनिङ सुजका साथै बास्केटबल सुज, बास्केटबल जर्सि, मनिङवाक टिसर्ट टाउजर, व्याटमिन्टनका विभिन्न आइटमहरु र स्पोर्टस वेयर पाइने उनको भनाइ छ । करिब ८० लाखको लगानी गरिएको ज्ञवालीले बताए ।



कमेन्ट गर्नुहोस्