
तिलोत्तमा सिटी , २०७९ भदौ ३१। भदौ महिनामा सुनको मूल्यमा उच्च गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार १ भदौदेखि ३१ भदौसम्म पहेंलो धातु सुनको मूल्य तोलामा ४ हजार ७ सय रुपैयाँले घटेको छ ।भदौ एक गते छापावाल सुनको मूल्य ९६ हजार २ सय रुपैयाँ थियो तर महिनाको अन्तिम दिन ३१ भदौ शुक्रंबार छापावाल सुनको मूल्य ९१ हजार ५ सय रुपैयाँ तोकिएको छ ।महिनाभर सुनको मूल्यमा उतार चढाव रहेपनि महिनाको उच्चतम् मूल्य ९६ हजार २ सय र न्युनतम् मूल्य ९१ हजार ५ सय रुपैयाँ नै भएको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए ।
अमेरिकन फेडरल बैंकले बैंकको ब्याजदर बढाउँदा सुनको मूल्यमा असर परेको बज्राचार्यको भनाइ छ । पछिल्लो केही महिनामा बैंकको ब्याजदरका कारण लगानीकर्ताहरुले सुन भन्दा फेडरल बैंककमा निक्षेप राख्न सुरक्षित ठान्दा सुनको मूल्य अवमूल्ययन भएको हो ।बज्राचार्यको भनाइलाई सुनको अन्तर्राष्ट्रिय मूल्यले पनि थप प्रष्ट्याउँछ। स्पट गोल्डको तथ्यांकअनुसार पछिल्लो ३० दिन अवधिमा सुनको मूल्य प्रतिऔंस १२० डलरले ओरालो लागेको छ । १५ अगष्टका दिन एक हजार ७८० डलर प्रति औंसमा कारोबार भएको सुनको मूल्य १५ सेप्टेम्बरसम्म आइपुग्दा एक हजार ६६० डलरमा झरेको छ ।
कमेन्ट गर्नुहोस्